सौराह हात्ती महोत्सवमा बिजुलीकलीले ब्यूटी हात्तीको उपाधि प्रदान

साैराह, १४ पुस । अङ्ग्रेजी नयाँ वर्षकाे अवसर पारेर चितवनकाे साैराहमा अायाेजना गरिएकाे हात्ती महाेत्सवमा बिजुली कली नाम दिइएकाे पाेथी हात्तीलार्इ उपाधि दिइएकाे छ ।

जारी हात्ती महोत्सवको ब्युटी कन्टेस्टमा बिजुली कलीले उपाधी जितेकी हुन् । बिजुलीकली १८ वर्षकी भएकी छिन । बिजुली कलीले उपाधि हात पार्दा हर्काे हात्ती चम्पाकली फस्ट रनरअप भएकी छ । त्यस्तै अलिसाकलीले सेकेन्ड रनरअपमा उपाधी दिइएकाे छ ।

पोथी हात्तीलाई विभिन्न आकर्षक रंगले रंगरोगन गरी सजावट गरिनुका साथै हात्तीको गुणका अनुसार ब्युटी विनर चुन्ने गरिन्छ। हात्ती महोत्सव अन्तर्गत हात्ती पोलो, हात्तीको ब्युटी कन्टेस्ट, फुटबल, वनभोज आदि कार्यक्रम समावेश गरिएको थियाे। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गरेकी हुन्। महोत्सव पाँच दिनसम्म चल्नेछ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न हात्ती महोत्सव गरिएको होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले बताए। लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन महाेत्सवले सघाउ पुग्ने अायाेजककाे बिश्वास छ।

Loading...