विश्व शारीरिक सुगठन स्वर्णपदक बिजेता महेश्वर महर्जनलाइ नागरिक सम्मान

देशको नाउँ विश्वमा चिनाउने खेलाडीलाई सम्मान दिन सरकार किन मौन भयाे ?

काठमाडौँ, १४ पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक बिजेता महेश्वर महर्जनले बिश्वमा नेपाल चिनाउन सफल भएका छन । थाइल्याण्डको चेङमईमा भएको प्रतियोगितामा महेश्वर महर्जनले गएको शनिवार पुरुष ७५ केजी समूहतर्फ स्वर्णपदक हात पर्न सफल भएका हुन । १२ जना प्रतियोगीका बीच भएको प्रतियोगितामा भारतीय प्रतिस्पर्धी दोश्रो र सिंगापुरका अर्का प्रतिस्पर्धी तेस्रो भएका थिए ।

शनिबार ज्यापू महागुठी येँ महानगर समितिको आयोजनामा स्वर्ण पदक साथै विश्व विजेता महर्जनलाई नागरिक सम्मान गर्दै विजयी र्याली निकालेका थिए ।

हनुमान ढोका दरवार क्षेत्र बसन्तपुर महादेव पार्वती डबलीमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले राम्रो सोचले आगाडि बढे जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने बताए । उनले महर्जनको यस जितले बिश्वमा नेपालको नाम उच्च राख्न सफलभएकोमा बधाई दिए ।  

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) सांसदहरु जीवनराम श्रेष्ठ, राजेश शाक्य, राजकाजी महर्जन लगायतकाे उपस्थिति थियाे । अमेरिकाकाे वासिङ्टन डिसीबाट संचालित एक अन्तर्राष्ट्रिय अनलाइनसँगको अन्तरवार्तामा महर्जनले आफ्नो यो सफलतामा नेपाल सरकारको कुनै भूमिका नभएको बताएका छन । 

महर्जनले साथीभाइ मित्र समर्थकहरुको सहयाेगले आफुले यो स्थानामा पुगेको बताउँदै राष्ट्रिय सरकारी निकाय कहिकतैबाट समर्थन सहयोग नभई २२ बर्षसम्मको अथक आफ्नै प्रयासको परिणाम भएको बताएको छ । “देशले गर्नुपर्ने हो गरेन, तर मैले देखेको एउटा सपना पूरा भएको छ ।” महर्जनको भनाइ छ ।

फोटो -बुद्धशरण शाही

Loading...