विश्व शारीरिक सुगठन स्वर्णपदक बिजेता महेश्वर महर्जलाइ नागरिक सम्मान

देशको नाउँ बिश्वोमा चिनाउने खेलाडीलाई सम्मान दिन राष्ट्रिय स्तर मौन किन ?

            

 

पौष १४ ,काठमाडौँ / विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक बिजेता महेश्वर महर्जले बिश्वोमा नेपाललाइ चिनाउन सफल भएको छ । थाइल्याण्डया चाङमईसमा भएको प्रतियोगितामा महेश्वर महर्जले गएको शनिवार पुरुष ७५ केजी समूहतर्फ स्वर्णपदक हात पर्न सफल भएको हो । १२ जना प्रतियोगी बीच भएको प्रतियोगितामा भारतीय प्रतिस्पर्दी दोश्रो र सिंगापुरका अर्का प्रतिस्पर्दी तेस्रो पदक जितेका थिए ।
शनिबार ज्यापू महागुथि येँ महानगर समितिको आयोजनामा स्वोण पदक साथै विश्व विजेता महाजनलाई नागरिक सम्मान गर्दै बिजयी र्याली निकालेका थिए ।

हनुमान ढोका दरवार क्षेत्र बसन्तपुर महादेव पार्वतीमा आयोजित कार्येक्रममा काठमाडौँ महानगर पालिकाका प्रमुख बिध्या सुन्दर शाक्यले राम्रो सोचले आगाडी बढे जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने भन्दै महर्जनको एस जितले बिश्वोमा नेपालको नाम उच्च राख्न सफलभएको मा बधाई दिनुभयो ।
कार्येक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) साम्सदहरु जीवनराम श्रेष्ठ ,राजेश शाक्य , राजकाजी महर्जनलगाएत उपस्थीत् थिए ।
वाशिङ्टन डिसीबात संचालित एक अन्तर्राष्ट्रिय अनलाइ संगको अन्तरवार्तामा महर्जनले आफ्नो यो सफलतामा नेपाल सरकारको कुनै भूमिका नभएको बताएको छ ।

महर्जनले साथी भै मित्र समर्थकहरुको समर्थनले आफुले यो स्थानामा पुगेको बताउदै राष्ट्रिय सरकारी निकाय कहिकतैबात समथन सहयोग नभई २२ बर्ष सम्मको अथक आफ्नै प्रयासको परिणाम भएको बताएको छ । “देसले गर्नुपर्ने हो गरेन , तर मैले देखेको एउटा सपना पुराभएको छ ।” महार्जको भनाइ छ ।

Loading...