गोकर्णेश्वरमा भारतीय व्यापारीले चलाएकाे धागो उद्योगमा आगलागी

काठमाडौंको गोकर्णेश्वर स्थित भगवती धागो उद्योगमा आगलागी भएको छ ।

भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका  ४ को उत्तरबाहिनी चोकमा संचानल गरेको भगवती घागो उद्योगमा  शनिबार  बिहान करिब ४ बजे विद्यतु सर्ट भइ आगलागी भएको महानगरीय  प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर  खड्काले  जानकारी दिए ।

आगलागीबाट मेसिन,जेनेरेटर लगायत अल्लो,उन जस्ता कच्चा पदार्थ जलेर नस्ट भएका छन् । सेना ,शसस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व बारुण यन्त्र सहित ८ वटा दमकल र ३ वटा पानी ट्याङ्करको  सहयोगमा आगो नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ ।

Loading...