पलाता अग्नीपिडितका लागि कठायतले गरे २ लाख सहयोग

कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् ।

पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ लुसामा जन्मेर व्यवसायको सिलसिलामा चीनमा रहेका दिल बहादुर कठायतले ७० हजार नगद सहित १ लाख ३० हजारको सामग्री गरी जम्मा दुइलाख बरबरको धनराशी सहयोग गरेका छन् । अग्निपीडित बालबालिकाको लागि नोटबुक, कलम, स्वीटर, टाउजर ४ सय थान र वृद्धहरुको लागि स्वीटर र टाउजर गरी जम्मा २ हजार थान सामग्री हस्तान्तरण गरेका छन् ।

पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने, वडा न. १ का वडा अध्यक्ष मान बहादुर भण्डारी लगायत स्थानीयवासीको रोहवरमा घटनास्थलमै पुगी भाई केशव कठायतले उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणसँगै भावुक हुँदै केशव कठायतले आफूपनि कालिकोटबासी भएको र न्यौपानेहरुको पुख्र्यौली थलो जल्दा आफ्नो मन पनि जलेको हुँदा ठूलो सहयोग गर्न नसके पनि पीडितहरुको घाउमा मलम लगाउन आफू तपाईहरुको आँगनमा आएको बताए ।

समाजसेवा कठायतबाट सिक्नुपर्ने उल्लेख गर्दै गाउँपालिका उपाध्यक्ष न्यौपानेले त्यतिमात्र भनिनन् सहयोगको लागि हृदयदेखि धन्यवाद दिदै कठायत दाजुभाइलाई पलाताले सधै सम्झिरहने बताइन् ।

को हुन् दिलबहादुर ?

सामाजिक कार्यमा सक्रिय सहभागि हुने कठायत दाजुभाई विगत केही वर्ष यता निरन्तर समाज सेवामा जुटेका छन् । राजनीतिभन्दा टाढा बस्ने र थोरै मात्र बोल्न रुचाउने स्वभावका उनी अहिले साँच्चै कालिकोटका एक उदाहरणीय व्यक्ति बनेका छन् । बुवा दलसुर कठायत र आमा अनिता कठायतका जेठो सन्तान उनी हाल ३४ वर्षका भए । उनका १ भाइ छन् केशव कठायत । एस.एल.सी सम्म गाउँमै पढेका उनी द्धन्द्धकालमा कैलाली बसाई सरे । आमाबुवा कैलालीमै राखेर कामको शिलशिलामा लण्डनसम्म पुगेका उनी हाल भने चीनमा गार्मेन्ट व्यवसायमा संलग्न छन् । सानैदेखि दयालु स्वभाव भएका उनी मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउछन् । बाल्यकालदेखि नै अरुलाई केही गरौँ भन्ने भावनाले निरन्तर समाजसेवाको बाटोमा हिड्न बल पुगेको ठान्छन् कठायत ।

पलाताका अग्निपीडितको लागि यो सहयोग उनका लागि पहिलो भने होइन । २०७२ साल वैशाख १२ को भुकम्पको बेला गोरखामा भएको क्षतीको राहत संकलनमा चीनबाटै अग्रसरता देखाएका उनले २०७३ असार ११ मा कालिकोटको लालिघाट बजारमा बाढीले ७ जनाले ज्यान गुमाउँदा खवर पाए लगत्तै जनही २० हजारका दरले १ लाख ४० हजार सहयोग गरेका थिए ।

त्यस्तै २०७६ माघ १५ र १६ मा सान्नी त्रिवेणी गाउँपालिकाको वडा नंं १ र २ मा २ दिने विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर संचालन गर्दा १३ सय जना लाभान्वित भएइका थिए ।

दौडेरै गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका अल्टा धावक हरिबहादुर रोकाया बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार खर्च अभावमा छटपटाइरहेको खबर बाहिर आएको बेला उनले रु ५० हजार सहयोग मात्र गरेनन् । उपचारको अभावमा आँखा गुमाएकी मनशोभा सुनारको जीवन रक्षा अभियानमा पटक पटक सहयोग गरी निरन्तर समाजसेवामा लागि रहेका छन् ।

हाल उनी द्यच बशष्ष्बिल वष्ग(वष्तकग मार्शल आर्ट चीनका खेलाडी पनि हुन् र यो खेल नेपाल भित्र्याउने प्रयासमा छन् ।

Loading...