सुझाब समेटने गरी ओली गलेपछि २ सातादेखि चलेको नेकपाको बैठक सम्पन्न, प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौँ, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी समितिकाे बैठकले तत्कालका लागि पार्टीभित्र देखिएका विवाद सल्टाउँदै प्रस्तुत प्रतिवेदन पारित गरेकाे छ । विवादका कारण लम्बिएकाे बैठक अन्तत: अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले माैखिक अाश्वासनका पाेका फुकाएपछि प्रतिवेदन पारित गर्दै सकिएकाे हाे ।

नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी अाेली र प्रचण्डका तर्फबा राजनैतिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । त्यसमाथि बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गाैतम, भिम रावल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुषाल लगायतका नेताहरुले असहमति राखेका थिए । असहमति राख्ने नेताहरुले पार्टीकाे बैठकमा मात्र नभर्इ बाहिर पनि कैयाै प्रश्नहरु उठाएका थिए । पार्टी पद्धतिमा नचलेकाे, एकलाैटी मनाेमानी चलाएकाेदेखि सरकारका धेरै कामकाजमाथि नेताहरुले अाक्राेश व्यक्त गरेका थिए ।

अर्काेतिर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अाेलीले भने निरन्तर अाफ्नाे र सरकारकाे बचाउ गर्दै अाएका थिए । बिहीबारकाे बैठकमा अाेलीले स्थायी समितिकाे बैठकमा दुर्इ घन्टा लामाे भाषण गरेर नेताहरुलार्इ पढाउने निकै प्रयत्न गरे । उनले पार्टीभित्रकै नेताहरुले विराेध गरेकाे तर बाहिर जनताले भने सरकारका कामकाे वाहवाही गरेकाे भन्न पनि भ्याए । उनले यसभन्दा पहिले पनि यस्तै प्रतिवेदन अाउने गरेकाे स्मरण पनि गराए । साथै सबै व्याख्या विश्लेषण गरेर अन्तमा उनले राजनीतिक प्रतिवेदन जस्ताकाे तस्तै पारित गरिदिन अाग्रह गरे । तर, उनकाे त्याे अाग्रहलार्इ अरु नेताहरुले मानेनन् । बरु उल्टै फेरि प्रश्न गरे । घनश्याम भुषाल, भिम रावलदेखि बामदेव गाैतमसम्मले अाेलीकाे बाेली झर्न नपाउँदै प्रतिवाद गरे । त्यसपछि प्रचण्डले सल्लाह गरेर फेरि बैठक बस्ने भन्दै बिहीबार बैठक स्थगित गरेका थिए ।

बिहीबारसम्म अाफ्नाे अडानबाट टसका मस नभएका अाेली शुक्रबार भने अरु नेताहरुले दिएका सुझाबहरुलार्इ प्रतिवेदनमा समावेश गर्न राजी भए । स्राेतका अनुसार हिजाेदेखि प्रचण्डले भित्रभित्रै असन्तुष्ट नेताहरुसँग कुरा गरेर सुझाब समेटने र प्रतिवेदन पारित गर्न राजी गराएका हुन् । उनले अाेलीलार्इ पनि त्यसरी चट्टानी अडान नराख्न सुझाएका थिए । अर्का अध्यक्षले त्यसरी सुझाएपछि अाेली पनि प्रतिवेदन पारित गराउन सुझाब समेटन राजी भएकाे बुझिएकाे छ ।

शुक्रबार बसेकाे स्थायी समितिकाे बैठकमा अरु नेताहरुले प्रस्तुत गरेका विचार, भावना र सुझावहरुलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने अध्यक्षद्धयले प्रतिवद्धता जनाए । त्यसपछि सबै सुझाब समेटेर परिमार्जन हुने गरी प्रतिवेदन पास गर्न अरु नेताहरु तयार भए ।

नेकपाकाे स्थायी समिति बैठक मंसीर २९ गतेबाट सुरु भएको थियाे । बैठकमा धेरैजसाे विषय सरकारले गरेका कामकाजप्रति लक्षित थिए । त्यसैगरी अहिलेसम्म पार्टी एकीकरणको काम पूरा हुन नसक्नु र त्यसलार्इ टुंगोमा पुर्‍याउन नसकेको भन्दै पार्टी नेतृत्वको बैठकमा चर्को आलोचना भएकाे थियाे । परिर्माजित प्रतिवेदन अब पार्टीकाे सचिवालयमा पेस हुने बताइएकाे छ । सचिवालयमा फेरि छलफल गरी तल लग्ने बताइएकाे छ ।

त्यसैगरी शुक्रबारकाे स्थायी समिति बैठकबाट नेकपाले दुर्इ पार्टीकाे एकतालार्इ मूर्त बनाउन र संगठनात्मक एकताबारे गृहकार्य गर्न एक कार्यदल बनाएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदराम भुसाल र लेखराज भट्ट रहेका छन् । कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Loading...