लोक गायक दिलेन्द्र जोशीको ‘झुम्का हरायो’ बजारमा

देउडा तथा लोक गायक दिलेन्द्र प्रसाद जोशीको एल्बम झुम्का हरायो तिजको लोक दोहोरी गित बजारमा आएको छ।माया र प्रेम काहानीमा आधारित रहेको गितमा यो गितमा दिलेन्द्र प्रसाद जोशि र सम्झना भन्डारीको सुमधुर आवाज रहेको छ भने दिलेन्द्र प्रसाद जोशिको सब्द संगीत रहेको छ ।

गीतमा अभिनय चर्चित मोडल शंकर बिसि र आरुसि मगरको रहेको छ ।शंकर बिसीको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।नविन घर्ती मगरको सम्पादनमा तयार गीत अहिले चर्चाको शिखरमा छ ।

हाल जापानको फुकुओका बस्दै आएका गायक जोशीले ‘झुम्का हरायो’ गितमा श्वर, शब्द, संगित सबै आफै गरेका छन । दार्चुलाको रिठाचौपाता मैखोलीका जोशीको तिज गित कोशेली ‘झुम्का हरायो’मा शंकर बिसी र आरुषी मगरले अभिनय गरेका छन ।

जोशीको तिज गित ‘झुम्का हरायो’मा देउडा गितका मौलिक शब्दहरु प्रयोग गरी फ्युजन गरीएकाले दर्शक श्रोताले गितलाई रुचाउने गायक जोशीको आशा छ । सुदुरपस्चिमको देउडा देखि पुर्बको रोइला लगायतका गित गाउने गायक जोशीले ‘मायालाई पैसामा किन्छु नभन’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका थिए

हेर्नुहाेस भिडियाे

Loading...