माओवादी केन्द्र स्थानीय चुनावबाट हारेको जुवाडे जस्तै : बास्तोला

काठमाडौँ, १० साउन । नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु हारेको जुवाडेझैं सिथिल भएको बताएका छन् । उनले सिथिल अनुहारसहित पेरिसडाँडामा चुनावी समीक्षा गर्न जम्मा भएको तर निर्मम भनिएको समीक्षा गर्न नसकेको बताएका छन् ।

नेता बास्तोलाले १० बर्षको महान जनयुद्धले संसदीय व्यवस्थालाई अर्धमृत अवस्थामा पु¥याएको तर प्रचण्डले त्यसलाई पुनर्जीवीत गरेर प्रतिक्रान्ति गरेकाले माओवादी केन्द्रलाई जनताले भोट नदिएको बताए । प्रतिगामी राजनैतिक पतनको प्रवाहलाई झन् अगाडि बढाउन सफल भएको बताउँदै नेता बास्तोलाले माओवादी केन्द्रले हारेर पनि जितेको विश्लेषण गरेको उल्लेख गरे । उनले माकेले चुनाव हारे पनि जिते पनि प्रतिगामी राजनैतिक पतनको प्रवाह नरोकिने समेत बताए ।

बास्तोलाले लेखेका छन्, “देशमा राजनैतिक, आर्थिक, सामाजिक सांस्कृतिक रुपमा आमुल परिवर्तनको कठिन कार्यसूची लिएर आम जनतालाई विश्वस्त गरेको पार्टी पुरानै संसदवादीहरुकोे मियोमा घुम्दै देशमा राष्ट्रघात, जनविरोधी हर्कत, साम्राज्यवादको चाकरी, भ्रष्टाचार, एवम् राज्य माथिको लुटको निरन्तरतामा आउने हो भने र यस प्रकारका गतिविधि विना देश नचल्ने माकेको पनि निस्कर्ष हो भने त्यससका लागि एमाले र कांग्रेस भन्दा माके के कुरामा फरक रह्यो भन्ने जनताको निर्क्योल हुन पुग्यो ।” उनले चुनावमा जनताले दलाल, राष्ट्रघाती र जनविरोधीहरु मध्येका राम्रोलाई छानेको समेत बताए ।

Loading...