बङ्लादेशमा निर्वाचनका बेला रोहिङ्ज्या शिविर बन्द गरिने

एजेन्सी । बङ्लादेशमा रहेका रोहिङ्ज्या शरणार्थी शिविरहरूलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ ।

देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिङ्ज्या मुस्लिमहरूलाई आउँदो तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लाहरूमा रोहिङ्ज्या शरणार्थीहरू बस्दै आएका छन् । उनीहरूलाई शरण दिएकाले प्रधानमन्त्री शेख हसिनाले अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन ।

म्यानमारको सरकारी सेनाले लखेटेपछि रोहिङ्ज्या समुदायका लाखौ मानिस शरणका लागि छिमेकी मुलुक बङ्लादेश छिर्न बाध्य भएका हुन् ।

निर्वाचन आयोगले सवै अधिकारीहरूलाई कोक्सास बजारबाट शरणार्थीहरूलाई निर्वाचन अवधिभरी नियन्त्रणमा आह्वान गरेको छ ।

“सुरक्षाको कारणले यस्तो गर्नु परेको हो, गैरसरकारी संस्थाका कार्यकर्ताहरूलाई पनि बन्देज गरिएको छ, आपतकालीन अवस्था बाहेक अन्य अवस्थामा उनीहरूलाई पनि शिविरमा आवतजावत गर्न नपाइने गराइएको छ,” उनले भने ।

यही डिसेम्बर ३० मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल उनकी प्रतिद्वन्द्वी खालिदा जियाको दलका बीचमा प्रतिश्पर्धा हुन लागेको छ । जिया भने ढाकाको जेलमा बन्दी छन ।

हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा छन । चुनावी मतसर्वेक्षणमा उहाँको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ । सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उनीमाथि छ ।

विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छन । उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ ।

बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुहुने छैन । बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रूपमा हुन नसक्ने दाबी गरेको छ । हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।

Loading...