निर्मलाको हत्यारा पत्ता लगाउन पहल गरिदिन हस्ताक्षरको पोको राष्ट्रसंघमा

काठमाडाै, ८ पुस । निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन पहल गरिदिन अाग्रह गर्दै विद्यार्थीहरुले हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघलार्इ पठाएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे ५ महिना बित्दा समेत सरकारले निर्मला बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् । यस अघि उनीहरुले माईतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए ।

निर्मला पन्तलाई न्याय दिन अन्तर्राष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताए । गत १० श्रावणमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले एक हप्तायता संकलन गरिएको हस्ताक्षर राष्ट्रसंघको कार्यालयमा बुझाएका हुन् ।

Loading...