प्रचण्डलार्इ फेसबुकमा गाली गरेको आरोपमा चितवनको होटेल सेन्ट्रल पामका मालिक पक्राउ

चितवन, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ फेसबुकमा गाली गरेकाे अाराेपमा एक हाेटल व्यवसायी पक्राउ परेका छन् ।

चितवनका हाेटल व्यवसायी सुवाेध प्रधानलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनी नेपाली कांग्रेसका कार्यकर्ता तथा चितवनकाे ठूलाे हाेटल सेन्ट्रल पामका मालिक पनि हुन । नेपाली कांग्रेसकाे महासमिति सदस्य समेत रहेका प्रधानले प्रचण्डलार्इ सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा समेत गम्भीर अाराेप लगाएर गाली गरेका थिए ।

प्रधान नेपाली कांग्रेसकाे युवा संगठन तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनी चितवनमा होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका मालिक हुन । उनले प्रचण्डलार्इ सामाजिक सञ्जालमा ‘हत्यारा’ र गधा शब्द प्रयाेग गर्दै स्टाटस लेखेकाे भेटिएकाे छ । उनकाे ट्वीटरमा अहिले पनि उक्त स्टाटस देख्न सकिन्छ । फेसबुकमा उनले लेखेकाे स्टाटस भने अहिले हाइड गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अध्यक्ष दाहालकाे मानमर्दन गर्दै फेसबुकमा ‘नराम्रो’ स्टाटस पोष्ट गरेकाे उजुरी परेपछि पक्राउ परेकाे जानकारी दिएकाे छ । प्रहरीले उजुरी गर्नेको परिचय भने खुलाएको छैन । चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले उनीमाथि लागेकाे आरोपबारे सोधपुछ भइरहेको जानकारी दिएका छन । प्रचण्डबारेमा लेखिएको नराम्रो फेसबुक पोस्ट आफुहरुले पनि हेरेको जनाउँदै यसबारे अनुन्धान भइरहेको उनले जानकारी दिए ।

हेर्नुहाेस उनकाे ट्वीटर स्टाटस:

Loading...