मोहन बैद्य चढेको गाडी रौतहटमा दुर्घटना, यस्तो छ बैद्यको अवस्था

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य चढेको सवारी रौतहटमा दुर्घटना भएको छ । तर, वैद्य भने सकुशल छन् । उनी क्षतिग्रस्त सवारी छाडेर सिरहा पुगेका छन् ।

दुर्घटना शुक्रबार राती भएको हो । पूर्वपश्चिम राजमार्गको चन्द्रपुरस्थित सडकमा वैद्य सवार रहेको मारुती भ्यान सडकमा रोकिरहेको ट्रकमा ठोक्किएको थियो ।

बा३च ८४७० नम्बरको मारुतीमा सवार रहेका वैद्यलाई भने समान्य चोट लागेको थियो । मारुतीमा सवार बाँके कोहलपुर नगरपालिकाका ४१ वर्षका वीरेन्द्र शाही र चालक मानबहादुर चदारा घाइते छन् । दुर्घटनामा परेको कारमा भने क्षति पुगेको प्रहरीले बताएको छ ।

Loading...