रियल म्याड्रिड बन्यो चौथोपटक क्लब फुटबलको च्याम्पियन

काठमाडाैं । स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले क्लब वर्ल्ड फुटबलकाे उपाधि हात पारेकाे छ । यससँगै रियल चाैथाेपटक क्लब फुटबलमा विश्व च्याम्पियन बनेकाे छ ।

युरोपियन च्याम्पियनको रुपमा क्ल्ब वर्ल्ड कप खेलेको रियल मड्रिडले शनिबार राति संयुक्त अरब इमिरेट्स युएइकाे क्लब एइनलार्इ ४–१ ले पराजित गर्दै उपाधि हात पारेकाे हाे । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष महादेशीय विजेता क्लबबिच क्लब वर्ल्ड फुटबल प्रतिस्पर्धा राख्दै आएको छ । युएइकाे राजधानी अबुधाबीमा भएको खेलमा रियल मड्रिडले लगातार तेस्रो सिजन तथा समग्रमा चौथोपटक उपाधि उचाल्याे ।

यसअघि लगातार तीन पटक र समग्रमा चाैथाेपटक याे उपाधि कसैले जित्न सकेका छैनन । रियलकाे चिरपरिचित प्रतिद्वन्द्वी फुटबल क्लब बार्सिलाेनाले तीन पटक मात्र याे उपाधि जितेकाे छ । रियलले यसपटक बार्सिलाेनालार्इ पछाडि पारेकाे हाे । सन् २००० देखि सुरु भएको प्रतिस्पर्धामा रियल म्याड्रिड सबैभन्दा सफल क्लब बनेको छ ।

रियल मड्रिडले लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि र त्यसपछि क्लब वर्ल्डकको उपाधि पनि हात पारेकाे छ । अबुधावीमा शनिवार भएकाे खेलमा रियलका लागि लुका मोड्रिक, मार्कस लोरेन्टे, सर्जियो रामोसले गोल गरे । अल एइनका नादर मुस्तफा एलशरिपले आत्मघाती गोल गरे । यस्तै अल एइनका लागि शिओतानीले एक गोल फर्काए ।

१४ औँ मिनेटमा मोड्रिकको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । पहिलो हाफमा १–० को अग्रता लिएको रियल मड्रिडका लागि ६० औँ मिनेटमा लोरेन्टे तथा ७८ औँ मिनेटमा रामोसले गोल गरे । ८६ औँ मिनेटमा शिओतानीले अल एइनका लागि एक गोल फर्काए । इन्जुरी समयको पहिलो मिनेटमा अल एइनले आफ्नै खेलाडीबाट गोल खायोे । नादरले आत्मघाती गोल गरेपछि रियल मड्रिडको ४–१ को जित निश्चित भयो ।

Loading...