बच्चामा हुने मोटोपनले यस्ता राेग निम्त्याउन सक्छ

मोटोपनले शरीरको मेटाबोलिक प्रोसेस स्लो बनाइदिन्छ । कोलेस्ट्रोलको मात्रा पनि बढाउँछ । मेटाबोलिक प्रोसेस स्लो हुँदा र कोलेस्ट्रोल बढ्दा हाई ब्लडप्रेसरको खतरा हुन्छ ।

मोटोपनले शरीरमा आवश्यकताअनुसार ब्लड इन्सुलिन निर्माणमा समस्या पार्छ । फ्याट बढी भएको शरीरमा भएकै इन्सुलिनले पनि प्रभावकारी काम गर्दैन, तर शरीरले इन्सुलिन झन् बढी मागिरहेको हुन्छ । यसरी इन्सुलिन कम हुँदा डायबिटिजको खतरा हुन्छ ।

मोटोपनले कलेजोलाई पनि अस्वस्थ बनाउँछ । मोटोपनका कारण कलेजोका कोषमा बोसोजन्य पदार्थ थुप्रिने गर्छ । यसकारण कलेजोका कोषको मृत्युसमेत हुन सक्छ । डायबिटिज भइसकेका मोटा व्यक्तिलाई यो खतरा झनै बढी हुन्छ ।

सानै बच्चाको पनि ठूलो भुँडी छ भने कलेजोसम्बन्धी रोग लाग्न सक्छ । कालाजारको खतरा यस्ता बच्चालाई बढी हुने गर्छ । त्यसो त कालाजार बच्चा र ठूला सबैमा हुन सक्छ ।

मोटोपनले भोक जगाउँछ । खानामा नियन्त्रण र ब्यालेन्स मिलाउन नजान्नेहरू झनै मोटाउने खतरा रहन्छ । स्वास्थ्यसम्बन्धी सबैखाले परिस्थिति जटिल बन्दै जान्छ । एउटा रोगका कारण अर्को रोग थपिँदै जान सक्छ ।

मोटोपन थाइराइडको कारक पनि हो । खासगरी, मोटा महिलाहरू थाइराइडका सिकार भएका हुन सक्छन् । थाइराइडले शरीरको तौल झनै बढाइदिन्छ । थाइराइड भइसकेपछि भुँडी बढ्ने र जिउ लाग्ने हुन सक्छ ।

Loading...