गणेशमान स्मृति किक बक्सिङको उपाधि आर्मीलाई

काठमाडौँ, ७ पुस । नेपाल आर्मी दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

आज सम्पन्न प्रतियोगितामा आर्मीले पाँच स्वर्ण, चार रजत र दुई कांस्यसहित उपाधि जितेको हो । ललितपुर जिल्ला किक बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र तीन कांस्यसाथ एपिएफ दोस्रो भयो । त्यस्तै क्योकुसिनले डोजोले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित तेस्रो भयो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः रु ५०, २५ र १२ हजार ५०० प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ एपिएफका सञ्जय राई तथा महिलामा आर्मीकी लुमन्ती श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु पाँच÷पाँच हजार प्राप्त गरे । विजेतालाई नेपाली काङ्ग्रेसका नेताद्वय प्रकाशमान सिंह र उदयशमशेर राणाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

Loading...