टोखामा सांस्कृतिक जागरणका लागि परम्परागत त्यछिंत्यः हुँदै

 

टोखा । योमरी पुन्हिका अवसरमा शनिबार ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” टोखामा परम्परागत ‘‘त्यःछिंत्यः मेला” को आयोजना गरिने भएको छ । टोखा संस्कृति सम्पदा संरक्षण दबूको आयोजनामा हुन लागेको ‘‘टोखा योमरी पुन्हि त्यःछिंत्यः मेला” अवलोकन गर्न र स्थानीय जनतालाई सम्बोधन गर्न उपत्यकाव्यापीका जनप्रतिनिधिहरुलार्ई निम्ता गरिएको छ ।
दबूका अध्यक्ष मनिराज डंगोलका अनुसार शनिबार बिहानैदेखि प्राचीन नेवाः बस्ती टोखाका विभिन्न ६ स्थानमा त्यःछिंत्यः टोलीले परम्परागत बाजा र सांस्कृतिक टोली सहित त्यःछिंत्यः गीत गाएर जनतालाई सांस्कृतिक चेतना जागृत गर्नेछ ।
कार्यक्रममा अवलोकन र सम्बोधन गर्न उप–प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलका साथै काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरका साथै टोखा, तारकेश्वर, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख लगायत वडाध्यक्षहरुको उपस्थिति रहने बताइएको छ । टोखा ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” घोषित भएपछि यो मौलिक कार्यक्रमले स्थानीय जनतामा सांस्कृतिक जागरण ल्याउने प्रयास गरिएको हो ।

Loading...