मेस्सीले जिते गोल्डेन बुट, रोनाल्डो फेरि मेसीभन्दा पछि

काठमाडाैं । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी पाँचौँपटक युराेपियन गोल्डेन बुट अवार्ड जितेका छन् । उनी गएको सिजन युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै अवार्ड पाउने निश्चित भएको थियो ।

मेस्सीलाई गोल्डेन बुट अवार्ड मंगलबार एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । अर्जेन्टिनाका मेस्सीले गएको सिजन ला लिगामा ३६ खेलमा ३४ गोल गरेका थिए । उनले लिभरपुलका मोहम्मद सालहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

सालहले गएको सिजन प्रिमियर लिगमा ३२ गोल गरेका थिए । मेस्सी पाँचौँपटक युरोपका शीर्ष पाँच लिगका सर्वाधिक गोलकर्ता बनेका हुन् । यसको अर्थ उनले गोल्डेन बुटको दौडमा अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

रोनाल्डोले चारपटक गोल्डेन बुट जितेका छन् । रोनाल्डोले गएको सिजन रियल मड्रिडबाट ला लिगामा २७ खेलमा २६ गोल गरेका थिए । अवार्ड ग्रहण गर्दै मेस्सीले आफूले कहिले पनि यस्तो सफलता पाउँछु भनेर कहिले नसोचेको बताए ।

खेलमा जहिले रमाउने भए पनि यस्तो सफलता हात लाग्ला भन्ने नसोचेको उनको भनाई छ । मेस्सी यो सिजन पनि युरोपका शीर्ष लिगमा सर्वाधिक गोलकर्ताको सूचिमा पहिलो नम्बरमा छन् । उनले अहिलेसम्म ला लिगामा यो सिजन १४ गोल गरिसकेका छन् ।

मेसीले यसअघि पनि सन् २००९-२०१० काे सिजनमा ३४ गाेल, सन् २०११-२०१२ काे सिजनमा ५० गाेल, सन् २०१२-२०१३ काे सिजनमा ४६ गाेल, सन् २०१६-२०१७ काे सिजनमा ३७ गाेल गरेर गाेल्डेन बुट जितेका थिए । 

Loading...