सी.डी. विजय बने नेपालको पहिलो भ्वाइस अफ नेपाल

काठमाडौं ।नेपालमा पहिलाे पटक सुरु गरिएकाे रियालिटी शाे द भ्वाइस अफ नेपालकाे उपाधि सी.डी. विजय अधिकारीले जितेका छन ।

शाे काेे लामाे श्रृङ्खला पार गर्दै फाइनलमा पुगेका चारजना मध्यै अधिकारीले अरु तीन जनालार्इ पछि पारेका हुन् । भ्वाइस अफ नेपाल विजेताकाे फाइनल घाेषणा कतारकाे दाेहामा गरिएकाे हाे । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द शुक्रबार मध्यरातमा विजेता घाेषणा गरिएकाे हाे ।

चर्चित कलाकार जाेडी धुर्मुस सुन्तलीले भ्वाइस अफ नेपालकाे विजेता घाेषणा गरेका हुन् । घाेषणाअघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । समाराेहमा कतारस्थित कार्यरत संघसंस्थाका साथै त्यहाँ कार्यरत श्रमिकहरुको पनि सहभागिता रहेको थियो ।

फिनालेको लागि नेपालबाट ६८ जनाको जम्बो टोली कतार पुगेको थियो । विश्वका १९२ भन्दा बढी देशमा सफल भइसकेकाे यो प्रतियोगिता नेपालमा पहिलाेपटक अाएकाे हाे । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् ।

अधिकारी दर्शकले दिएको भोटको आधारमा उनी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । भ्वाइस अफ नेपालकाे फाइनलमा सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्य पनि पुगेका थिए । शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए ।

को हुन् अधिकारी ?

‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका पोखराका विजयको नाम अघिको सीडीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए ।

मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा विविए तेस्रो वर्षमा अध्ययनरत छन । उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए ।

Loading...