सात गाउँले जात्राको महत्व बढ्दै

काठमाडौँ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने उपत्यकाको सात गाउँ जात्रामा विभिन्न देवदेवीको पूजासहित जात्रा मनाइँदै छ ।

उक्त जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुरका स्थानीयवासी सहभागी भई विधिपूर्वक पूजा र जात्रा गरिन्छ । गत शुक्रबारदेखि शुरु भएको जात्रा एक सातासम्म चल्नेछ ।

प्रत्येक वर्ष एकपटक सात गाउँभित्र बसोबास गर्ने नेवार समुदायमा ठूलो पर्वका रूपमा जात्रालाई लिइएको छ । अष्टमातृका देवगणको खटजात्रा गरी मनाइने यो जात्रामा विभिन्न किसमिका बाजा, झाँकीसहितको जात्रा गर्ने परम्परा छ ।

कीर्तिपुर नगरपालिका–२ का अध्यक्ष रमेशमान महर्जनले त्यस क्षेत्रका स्थानीयवासीलाई दैत्य शक्तिबाट संरक्षण गर्नका लागि उक्त जात्रा शुरु भएको जनविश्वास रहेको जानकारी दिए ।

जात्राको ऐतिहासिक महत्वलाई संरक्षण गर्न दुवै नगरपालिकाले कार्यालयमा आजको दिन सार्वजनिक बिदा दिएर आर्थिक सहयोगसमेत उपलब्ध गराएको बताइएको छ ।

Loading...