भक्तपुरमा जेसम साहित्य यात्रा

भक्तपुर, १ पुस । सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय विशेष आकर्षक बनेको थियो । साहित्य यात्रालाई सम्बोधन गर्दै बस्नेतले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको अभियानमा भक्तपुर तीव्ररूपमा नमूना बन्ने गरी लागेको बताउँदै जेसमले यसमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

जेसम यात्राका क्रममा भक्तपुरमा सिर्जना गरिएका कविताको वाचन र चित्रको प्रदर्शनी गर्न सुझाव दिँदै त्यसमा आफूले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यस्ता कार्यमा लाग्न र सहयोग गर्न आयोजक र स्थानीय सरकारलाई बस्नेतले आग्रह गरे । उनले आफू पनि नाटक लेखन, अभिनय र कविता लेखनमा विगतमा सक्रिय रहेको स्मरण गरे ।

कार्यक्रममा कवि फुलमान बल, सुरेश हाँचेकाली, अनन्त वाग्ले, पुष्करराज बुढाथोकी ‘साउँतेली’, रमेश कँडेल, अगिब बनेपाली, बालकृष्ण बस्नेत, सजनी नौवागे लगायतले गाम्चामै तत्काल कविता सिर्जना गरी वाचन गरेका थिए ।

आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका थिए । कलाकारहरूरु लालकाजी लामा, दीपेन्द्र बनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभास विभिन्न प्राकृति दृश्यहरूलाई उतारेका थिए ।

कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसम साहित्य यात्रा सिर्जना, सौन्दर्य, सामथ्र्य, पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको बताउँदै मौलिक कला, संस्कृति, साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको चर्चा गरे । उनले धुलिखेलबाट शुरु भएको साहित्य यात्रा नगरकोट हुँदै गाम्चा आइपुगेको र आगामी दिनमा देशका विभिन्न भागमा पुग्ने बताउँदै जेसममा सहभागी हुन स्रष्टा र शुभचिन्तकलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका स्रष्टा बुढाथोकीले साहित्य र पत्रकारिता दुवै समाजको ऐना भएको बताउँदै दुवैको उद्देश्य समाज विकास, सुधार र लोकको हित नै भएको बताए ।

यात्राका अभियन्ता पत्रकार, कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरूलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफँैमा सकारात्मक सन्देश भएको बताए । स्थानीयवासी सहदेव न्यौपानेको व्यवस्थापनमा भएको कार्यक्रममा युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकहरूले तीन महीना अघि सिर्जनात्मक यात्राको स्वतःस्फूर्तरूपमा इच्छुक सहभागी सबै यसको सदस्य रहने गरी शुभारम्भ गरेका थिए ।

Loading...