नेपाल वायुसेवा निगमले थाल्यो आन्तरिक उडानमा अनलाइन टिकेटिङ्ग सेवा

  

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको निगमले प्रेस बिज्ञप्ति मार्फत आइतबार जानकारी गराएको छ ।
निगममा आयोजित आइतबार एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शुभारम्भ गर्नुभयो । ”यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन्् ।”

कार्यकारी अध्यक्ष श्री खरेलले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली थालिएको जनाउनु भयो ।

साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा हो भन्नुभयो ।

Loading...