८० किलोको विश्वकै ठूलो अनौठो खरबुजा भेटियो

विचित्र संसार तौल घटाउनको लागि सबैभन्दा राम्रो उपायको रुपमा लिने गरिन्छ खरबुजाको सेवनलाई । गर्मी मौसममा पाईने खरबुजा यो मौसमको सबैको लागि प्रिय खानेकुरा हो ।

सामान्यतया हामीले खाने गरेकोखरबुजाको तौल मात्र ६ देखि ७ किलो सम्मको हुन्छ तर विश्वमा यस्तो खरबुजा पनि छ जसको तौल ८० किलो सम्म छ । चीनको राजधानी बेईजिङमा एक किसानले सो तौल बराबरको खरबुजा फलाएका हुन्।

चीनमा हुनेखरबुजा खेतीलाई प्रोत्साहन गर्न आयोजना गरिने प्रतियोगीतमा यस पल्ट ली फेंगचुन नाम गरेका किसानले ८० किलो तौलको* खरबुजा प्रर्दशन गरे । ८० किलो तौलको खरबुजा प्रर्दशन गरेपछि उनी खरबुजा किङको रुपमा चर्चामा आए । यसअघि उनले सोही प्रतियोगीतमा १४ किलोको खरबुजा प्रर्दशन गरेका थिए ।

४६ बर्षीय ली फेंगचुन ले करिब १० बर्षदेखि उक्त प्रतियोगीताको उपाधी जित्दै आएका छन् । उनले बारीमा आफुले फलाएको खरबुजालाई आफनो छोराछोरीलाई जस्तै स्याहार र माया गर्ने गरेको बताए । बेईजिङमा उक्त प्रतियोगीता सन १८९८ देखि आयोजना हुँदै आएको छ ।

Loading...