भूत आएको भन्दै अालिशान महलबाट भागे यी राष्ट्रपति

याे युग विज्ञानकाे युग हाे । विज्ञानले प्रमाणित गरेपछि मात्र त्यसमाथि सबैकाे विश्वास हुन्छ । तर प्राय देशका पिछडिएका समाजमा भने अझै धार्मिक सामाजिक अन्धविश्वास कायमै छ । त्यसमध्ये भूतले तर्साएका कुरा सबैभन्दा बढी अाउने गर्छन । तर, भाैतिक विज्ञानले भूतप्रेतलार्इ मान्दैन ।

सामान्य अशिक्षित मान्छेेहरु यस्ताे भूतप्रेतमा विश्वास गर्छन । भूतप्रेतमा अाधारित थुप्रै लाेककथाहरु पनि छन् । सामान्य मान्छेहरु भूतप्रेतमा विश्वास गर्नुलार्इ त पिछडिएकाे चेतना वा अशिक्षाकाे कारण मान्न सकिएला तर यहाँ त एक जना राष्ट्रपति नै भूतप्रेतकै कारण अाफ्नाे अालिशान महल नै छाडेका छन् ।

यसरी भूतले तर्साएकाे भन्दै अालिशान महल छाेड्ने व्यक्ति ब्राजिलका राष्ट्रपति हुन् । उनी घरमा भूत आएको भन्दै आलिसान महल छाडेर उपराष्ट्रपतिको निवासमा सरेका छन् । अघिल्लो साता ७६ वर्षे राष्ट्रपति माईकल टैमर र उनकी श्रीमति र छोराले घर खाली गरेर डेरा सरेका छन् । उनकी ३३ वर्षे श्रीमति र ७ वर्षे छोरामाथि पनि प्रेतात्माले प्रभाव पारेको हुन सक्ने राष्ट्रपति टेमरले बताएका छन् ।

अघिल्लो राष्ट्रपति दिल्मा रुसेफमाथि भ्रष्टाचारको मुद्धा लागे पछि उनी राष्ट्रपति बनेका थिए । एल्वोरेड नामको सो महल सन १९५७ मा बनेको दुनियाकै उत्कृष्ट महल मध्य एक मानिन्छ । १८.५ मिलियन डलर खर्च भएको त्यस महल निर्माणका लागि संसारका विभिन्न देशबाट रुख तथा अन्य सामाग्री मगाईएको थियो ।

Loading...