देउवा-पौडेलबीच चर्काचर्की, रामचन्द्रलार्इ देउवाले भने ‘चुनाव हार्नेले दोष मलार्इ दिने’

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा एक वर्ष समय गुजारेका नेताहरू फेरि सोही विषयलाई लिएर विवाद गरेका हुन्। आन्तरिक विवादलाई सल्ट्याएर महासमिति बैठकबाट नेताहरूले एकताको सन्देश दिने अपेक्षामा नेता तथा कार्यकर्ता रहेका बेला शीर्ष दुई नेता बैठकमै असिष्ट ढंगबाट प्रस्तुत हुँदा केन्द्रीय समिति असहज बन्न पुगेको थियो।

शुक्रबारबाट सुरु हुने महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावमाथि छलफलमा सहभागी हुँदै नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा राखेका थिए। निर्वाचन गराएको विजय सभापतिले लिएको तर पार्टी पराजयको दोष भने लिन तयार नभएको धारणा राखेपछि सभापति देउवालगत्तै त्यसको प्रतिवादमा उत्रिएका थिए।

सभापतिले निर्वाचन पराजय र त्यसको जिम्मेवारी आपूmले मात्र नलिने भन्दै प्रतिवाद गरिरहँदा नेता पौडेलले पनि बोल्न छाडेनन्। उनीहरू मात्र होइन केन्द्रीय सदस्यहरु पनि पक्ष विपक्षमा उभिंदा बैठक असहज बन्न पुगेको सदस्यहरू बताउँछन्। ‘पार्टीका शीर्ष नेताहरू केमिति बैठकमा त्यसरी प्रस्तुत हुनु सुहाउने कुरा होइन,’ एक केन्द्रीय सदस्यले भने, ‘नेताहरूको असहज व्यवहारले हामीलाई चिन्तीत बनाएको छ।’

महामन्त्री शशांक कोइरालाको सांगठनीक प्रतिवेदनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराएको श्रेय पार्टी सभापतिलाई दिएको उल्लेख गर्दै नेता पौडेलले भनेका थिए, ‘चुनाव गराएको श्रेय सभापतिलाई दिनुपर्छ। तर, हारको जिममेवार पनि उहाँले लिनुहुन्छ होला भन्ने लागेको थियो लिनुभएन।’

जसमात्र होइन अवजस लिनपनि तयार हुन आग्रह गर्दै पौडेलले भनेका थिए, ‘श्रेय मात्र होइन कमजोरीपनि स्वीकार गर्न तयार हुनुपर्छ।’पार्टी नेतृत्व कमजोरी स्वीकार गर्न सच्चीन तयार नभएको आरोप लगाउँदै पौडेलले भनेका थिए, ‘चुनावमा लज्जाजनक हारपछि भएका त्रुटीहरू केलाउन र सच्चिएर अघि बढ्न तयार हुनुहुन्छ होला भन्ने लागेको थियो। तर, सभापति सच्चीने बाटोमा देखिनु भएन।’

जवाफमा सभापति देउवाले निर्वाचनमा पराजयको दोष आफुलाई लगाउन पौडेललाई आग्रह गरे। आफु चुनाव हार्ने मलाई दोष लगाउने भन्ने प्रश्न गर्दै देउवाले भने, ‘मलाई गाली गरेर चुनाव जितिँदैन।’ आफ्नो जिल्ला र गाउँ गएर जनतको मनजितेर चुनाव जितेर आउन पौडेललाई सुझाउँदै देउवाले भने, ‘ऊ यसले (प्रकाशमान सिंह)ले भन्न सुहाउँछ। आफैं चुनाव हार्ने अनि जिम्मेवारी तैंले लिनुपर्छ भन्ने।’

आपूm अर्कोपटक पनि चुनाव जितेर आउने दाबी गर्दै देउवाले भने, ‘दाजुभाइ, काकाभतिजा सबै उम्मेदवार हुनुपर्छ, अनि कसरी पार्टीले चुनाव जित्छ ?’

पार्टी सभापतिको आलोचना र गालीमा खर्च भइरहेको समय कम्युनिस्ट र त्यसको नेतृत्वको सरकारले गरेको कमजोरीविरुद्ध लगाउन पनि आग्रह गरे। त्यस्तै, नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दई पार्टी मिलेर कांग्रेसले हारेपनि स्थानीय चुनावमा तत्कालीन एमाले कसरी पहिलो पार्टी भयो भन्ने प्रश्न गरेका थिए। ‘स्थानीय चुनावमा हामी माओवादीसँग मिलेका थियो तरपनि किन एमाले पहिलो पार्टी बन्या त्यसको बस्तुनिष्ट भएर छलफल गरौं,’ पौडेलले भने, ‘गल्लीहरूलाई छोप्दै जाँदा हामी ठीक ठाउँमा पुग्दैनांै। कमजोरी सच्याएर अघि बढौं।’

देउवाले त्यसको पनि प्रतिवाद गर्दै तत्कालीन माओवादीलाई कांग्रेस नेता तथा कार्यकर्ताले मतदानै नगरेको गुनासो गरे। ‘हाम्रोले भरतपुरमा पनि भोट हालेनन् त्यसपछि माओवादी एमालेसँग मिल्न गए,’ देउवालाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

पार्टीलाई पार्टी जस्तो नभएर व्यक्तिको लहडमा चलाएको आरोप लगाउँदै कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले सत्ताको दुरुपयोग गरेर पार्टी नेता तथा कार्यकर्तालाई दुःख दिँदा पनि केही नबोलेको आरोप लगाएका थिए। राजनीतिक र सांगठनिक प्रतिवेदनमा उक्त विषयमा नबोलिएकोप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सभापतिजीलाई धेरै पर्खे तर उहाँ पार्टीलाई सुधार गरेर अघि बढ्न तयार देखिनुभएन।’

पार्टीका भ्रातृ संगठनहरूको महाधिवेशन गराएको हुङ्कार प्रतिवेदनमा उल्लेख रहेको भन्दै पौडेलले भने, ‘अधिवेशन गराएर के भयो अहिले भ्रातृ संगठनको हालत के छ ? अहिले जस्तो अस्तव्यस्त र लथालिंग पार्टी कहिल्यै थिएन।’

एउटै पार्टी भएर पनि नेतृत्वका कारण अहिले पनि दुई पार्टी जस्तो व्यवहार गरीएको आरोप लगाउँदै नेता पौडेलले भने, अहिले पनि संस्थापन र प्रजातान्त्रिक कांग्रेसमा पार्टी विभाजन छ।’समानव्यवहार र समभाव नेतृत्वले देखाउन सक्नुपर्ने जनाउँदै पौडेलेले पार्टीभित्रको बृहत एकताले मात्र संगठन बलियो बन्ने दाबी गरेका थिए।

पार्टीको अनुशासन समितिका साथै विभाग गठन हुन नसकेको प्रति पौडेलले असन्तुष्टि जनाएका थिए। तर, नेता पौडेलले उनीहरू निकटले नाम नदिएकै कारण विभाग र अनुशासन समिति गठन हुन नसकेको आरोप लगाए। ‘काम गर्न नदिने तपार्इं नै होइन अनुशासन समिति गठन गर्न नाम नदिने अनि गरेन भनेर कराउने ?,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ मैले जति दुःख कसैले पाएको छैन। पञ्चायतको झन्डा हल्लाएर म हिँडिन। राजाले पनि मलाई नै दुःख दिए। कसैले छाड भन्दैमा म त्यतिकै छाड्ने होइन।’

दुई नेताको विवादबीच पार्टीको सांगठनिक, आर्थिक र लेखा समितिको प्रतिवेन पारित भए पनि राजनीतिक र विधान मस्यौदा समितिको प्रस्तावमा सहमति जुट्न सकेको छैन। राजनीतिक प्रस्ताव पुनर्लेखन गर्न नेताहरूले माग गरेका छन्। राजनीतिक प्रस्तावमा उल्लेख भएको धर्मनिरपेक्ष भन्ने शब्दको पनि सदस्यहरूले आपत्ति जनाएका छन्। धर्मनिरपेक्षताले कुनै पनि धर्मको मतलव छैन भन्ने बुझाइरहेने भन्दै सदस्यहरूले त्यसलाई संशेधन गर्नुपर्ने तर्क गरेका छन्। सनातन धर्मको संरक्षण गर्दै धार्मिक स्वतन्त्रता प्रदान गर्ने कुरा उल्लेख गर्नुपर्ने भन्दै सहमहामन्त्री प्रकाशरणमहत, शंकर भण्डारी, चन्द्र भणडरीसहितका नेताहरूले माग गरेका छन्। तर, त्यसको विपक्षमा फर्मुल्ला मनसुरसहितका सदस्यहरू उभिएका छन्।

केनद्रीय सदस्य एनपी साउँद प्रदिप पौडेलले सहितका सदस्यहरूले पार्टीको आगामी बाटो र लिने नीतिलाई राजनीतिक र सांगठनिक प्रतिवेदनमा स्पष्ट उल्लेख हुनु पर्नेमा जोड दिएका छन्।

Loading...