बाँदरको डकैती! बैंकबाट निस्कने बित्तिकै बाँदरले लुट्यो ३ लाख

काठमाडाैं । पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् । अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन । यसको लुटपाट पनि मानिसलेनै गर्छन् । तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ ।

यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ । ब्याग लुट्नुपूर्व बादरले उक्त व्यक्तिलाई धेरै समय हमला गरेको थियो लुटिने व्यक्तिको नाम विजय बंसल हो । यो घटनापछि प्रहरीलाई पनि बोलाइएको थियो । लुटिने व्यक्ति बैंकबाट बाहिर आए लगत्तै यो घटना भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार करिब १०.३० बजे इन्डियन ओवरसीस बैंकमा विजय बंसल पुगेका ष्थिए । सोही समयमा बादरले उनलाई आक्रमण गरेको थियो । “बादरको झुन्डलेनै उनलाई आक्रमण गरेको थियो । म १ लाख जोगाउन सफल भए । तर बाँकि रुपैया खोस्न सकिएन,” उनले बताए । यो विषयमा प्रहरीले केही व्यक्तिलाई सोधपुछ पनि गरेको छ । तर केही पत्त लाग्न सकेको छैन ।

पछिल्लो समयमा आगरामा बादरको आतंक बढ्दै गएको छ । केही दिन अगाडि पनि आगराको ताज महलमा बादरले विदेशी पर्यटकमाथि पनि आक्रमण गरेको थियो ।

Loading...