एउटा आलूको मूल्य १२ करोड रुपैयाँ

काठमाडाैं । एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफुले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् ।

यो फोटो २०१० मा खिचिएको थियो । यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । यो आलूको प्रिन्टको तीन भर्सन रहेको छ ।

यसको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को उनले सर्भियाको एक म्यूजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलो पटक नभएको एबोशले बताए ।

व्यापारीसँग आफुले दुई ग्लास वाइन पिएको पनि उनले बताए । वाइन पिउदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराएको बताए ।

Loading...