वलिउडका सबै कलाकार उरालेर अम्बानीले राजस्थानमा छोरी इशाका लागि यस्तो के गरे

नयाँ दिल्ली । भारतकै धनी मुकेश अम्बानीको एक्ली छोरी ईशा अम्बानीको विवाह पिरामल ग्रुपका अध्यक्ष अजय पिरामलका छोरा आनन्द पिरामलसँग हुदैछ । यो विवाह राजस्थानको उदयपुरमा रहेको ओबराय उदय भिल्ला तथा सिटी प्यालेसमा हुन गइरहेको छ । यो विवाहमा सहभागी हुनका लागि पुरा बलिउडनै उदयपुर पुगिसकेको छ ।

प्रियंका चोपडा, शाहरुख खान, गौरी खान, सलमान खान, ऐश्वर्या राय, अभिषेक बचन, रणवीर सिंह, दिपिका पादुकोण, निक जोनास, बरुण धवन, करिश्मा कपुर, सिद्धार्थ मलहोत्रा, विद्या बालन, अनिल कपुर, सुनिता कपुर जस्ता सबै स्टारहरु पुगिसकेका छन् । विवाह भन्दा पहिले भएको सांगितिक कार्यक्रममा कोही यस्ता स्टार छैनन् जसले आफ्नो नृत्य नदेखाएको होस् । रणबिर सिंह ‘अरे ओ जुम्मा… मेरी जानेमन गितमा दिपिकासँग नाचेको देखिएको छ ।

तर बलिउड कलाकारलाई पछाडि पार्दै अम्बानी परिवारले पनि यस्तो नृत्य गरे कि सबैको आखा नृत्यमा रोकिएको थियो । एकातिर नीता अम्बानीले भगवान कृष्णको भजनमा आफ्नो विशेष भूमिका देखाएकी छन् । स्वयं दुलही ईशा अम्बानीले आफ्नो हुनेवाला श्रीमान आनन्द पिरामलका लागि रोमान्टिक रुपमा अत्यन्त सुन्दर नृत्य देखाएकि थिइन् ।

ईशा अम्बानी तथा आनन्द पिरामलको टिकोटाले यसै वर्षको सेप्टेम्बरमा इटालीको लेक कोमोमा भएको थियो । जसमा प्रियंका चोपडा समेत कैयौ बलिउड स्टार सहभागी भएका थिए । यसै लेक कोमोमा हालसालै मात्र दिपिका पादुकोण तथा रणवीर सिंहको विवाह भएको थियो । ईशा अम्बानी तथा आनन्द पिरामलको विवाह १२ डिसेम्बरमा मुम्बईको अन्टिलामा हुदैछ ।

Loading...