Idiot सर्च गर्दा गुगलमा ट्रम्पको फोटो मात्र देखिने गरेपछि संसारभर भाइरल

गुगलमा ट्रम्प Idiot मा दर्ज भएपछि अमेरिकी संसदले बोलायो गुगलका सिइयोलाई

काठमाडाैं । इडियट (Idiot) शब्द एकाएक चर्चामा अाएकाे छ । गुगलमा Idiot शब्द टाइप गर्नेबित्तिकै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे तस्विर देखाउने गरिएपछि याे शब्दले फेरि एकाएक चर्चा पाएकाे हाे ।
अहिले संसारभरबाट गुगलमा Idiot शब्द टाइप गरेर सर्च गर्नेकाे संख्या ह्वात्तै बढेकाे छ । गुगलमा इडियट शव्द सर्च गर्दा ट्रम्पको तस्वीर देखिएको खबर सार्वजनिक भएसँगै यो शव्दको खोजी निकै उच्च भएको हाे ।

Idiot शब्द हानेपछि ट्रम्पकाे तस्विर अहिले मात्र देखिएकाे भने हाेइन । केही समय पहिलेदेखि नै यस्ताे देखिने गरेकाे बताइन्छ । तर, याे शब्दले त्यतिबेला चर्चा पायाे जतिबेला याे शब्दकै कारण गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचार्इलार्इ एक सुनुवार्इका लागि अमेरिकी संसदले बाेलायाे । साे सुनुवार्इका क्रममा अमेरिकी संसदहरुले उनलार्इ त्यसबारेमा प्रश्न गरेपछि यसकाे चर्चा ह्वात्तै बढेकाे हाे ।

गुगलका सिइयाे पिचार्इले भने याे देखिनुमा गुगलकाे कुनै हात नरहेकाे बताएका छन् । उनले अमेरिकी संसदहरुले उठाएका प्रश्नकाे जवाफ दिँदै गुगलले सर्चका लागि मात्र प्लेटफर्म दिएकाे र कुनै कीवर्ड टाइप गर्याे भने सर्च इन्जिनले लाखाै पेजहरु खाेज्ने र त्यसका अाधारमा रिजल्ट देखाउने बताए । त्याे रिजल्ट के हुने भन्ने विषयमा गुगलकाे कुनै हात नरहेकाे उनले बताए ।

Loading...