नेपालमा ‘यूनियन पे’ इन्टरनेशन लञ्च, अब १७१ देशमा चल्ने यूनियन पे कार्ड दिइने

काठमाडौं । क्यू पे प्राइभेट लिमिटेड (क्यूपे)ले नेपालमा युनियन पेको पेमेन्ट प्रडक्ट लञ्च गर्न लागेको छ । युनियन पे इन्टरनेशनल (यूपीआई)सँगको सहकार्यले क्यूपे र युनियन पे क्यूआर कोड नेटवर्कभित्र सहजै कारोबार गर्न मिल्ने जनाइएको छ ।

भुक्तानी सेवालाई विद्युतीयकरण गर्ने नेपाल राष्ट्र बैङ्कले गर्दै आएको पहल अनुसार प्रडक्ट लञ्च गरेको कम्पनीले जनाएको छ । क्युपेले यस अघि नै क्यूआरमा आधारित मोबाइल वालेट (एप) पनि ल्याएको थियो । जुन एपमा विभिन्न उत्पादन र सेवाहरुको भुक्तानी भरपर्दो, सरल र निकै सजिलो तरिकाले गर्न सक्ने सुविधा थियो ।

अब क्यूपेका उपभोक्ताहरुले नबिल र सिद्धार्थ बैङ्कका साथै युनियन पेको सदस्य क्यूआर मर्चेण्ट नेटवर्कमा आवद्ध मर्चेन्टकहाँ उपलब्ध उत्पादन÷सेवाको कारोबार अनलाइनबाटै गर्न सक्नेछन । नबिल बैङ्क र सिद्धार्थ बैङ्कका ग्राहकहरुले पनि क्यूपे क्यूआर मर्चेण्ट नेटवर्कमा आवद्ध मर्चेन्टसँग कारोबार गर्न सक्ने कम्पनीले जनाएकोछ ।

यस सहकार्यले नेपालमा भुक्तानीको डिजिटल माध्यमको विकासलाई प्रेरित गर्नुको साथै विकासमा योगदान पनि दिने कम्पनीले अपेक्षा समेत गरेको छ ।

मुख्यभूभि चीनबाहिर विश्वका २ हजार संस्थाहरुसँगको साझेदारी गरेर युपीआईले १ सय ७१ देश र क्षेत्रमा यूनियन पे कार्ड चल्ने छ । कम्पनीले ५० देश र क्षेत्रमा यूनियन पेको कार्ड जारी पनि गरेको छ ।

Loading...