नेपाल यूएई फ्रेण्डसीप सोसाइटी गठन

काठमाडौँ, २६ मङ्सिर । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ ।

सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष जेपी सापकोटा, महासचिव दामोदर नेपाल, कोषाध्यक्ष ज्ञानु गजमेर, सदस्य हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन् ।

संस्थाका सबै पदाधिकारी युएईको रोजगारीपछि नेपाल फर्केका हुन् । उक्त सोसाइटीको ५ सदस्यीय सल्लाहकार समितिमा क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा आसिफ अलि सिद्धिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेका छन् । सोसाइटीका अध्यक्ष श्रेष्ठले युएई र नेपालबीच सहयोग तथा सहकार्यको सम्भावना रहेकाले त्यसलाई साकार पार्न सोसाइटी उपयोगी हुने बताए ।

Loading...