कीर्तिपुरको सात गाउले, बखुमद जात्रा र घतलाग्दो आख्यान

   

काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिम भेगको सातगाउँ जात्रा अन्तर्गत शनिबार एेतिहासिक बखुमद जात्रा प्रारम्भ हुने भएको छ । बखुमद अस्टमीका दिन किर्तिपुर ९ वडा स्थित नंगा मा ‘धाल्चा खाकेगु जात्रा’ सुभारम्भ हुन्छ । साथै नवमीका दिन पांगाको बिष्णुदेवी जात्रा पनि संग संगै संचालन गर्ने प्रचलन रहेकाे छ । यसैगरी दसमीका दिन कीर्तिपुरकै इन्द्रायणी देवीको जात्रासँगै सातगाउँमा एकै दिन पारि जात्रा प्रारम्भ गरिन्छ । सातगाउँले बखुमद जात्राको बारेमा आख्यानमा बिभिन्न तरिकाबाट व्यख्या गरेको पाइन्छ ।

प्राचीनकालको कुरा हो । स्वयम्भु महाचैत्य अगाडि एक ऋषि नैकापको वैष्णवी पिठ नजिकै यज्ञ गरिरहेको थिए । त्यस नजिकै रुखमा एक बथान परेवा बसेका थिए । परेवा देखेर एक शिकारीले गुलेली हिर्काएर परेवा घाइते बनाई दिएछन् । घाइते परेवा ज्यान बचाउन अनेक प्रयास गर्दा गर्दै पिठ नजिकको ऋषिले चलाएको यज्ञकुन्दामा होमिन पुगेछ । निर्दोष परेवाको अकालमा बिनाकारण जीवन नै समाप्त भयाे । विशुध्द धर्म भावले गरेको यज्ञ होममा परेवाको प्रण होमिएपछि पश्चाताप स्वरुप ऋषिले बखु (परेवा) मर्यो (मन्त) भन्दै प्रत्येक बर्षको मङ्सिर शुक्ल दशमीका दिन जात्रा गर्ने परम्परा बसाएका हुन् । नेपाल भाषामा बखुमंत जात्रा नै कालान्तरमा “बखु मदः” जात्रा हुन पुगेको जानकारहरु बताउँछन् । यस जात्रालाई सातगाउँले जात्राको रुपमा पनि चिनिन्छ ।

एकीकरण अगाडि काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा सतुङ्गल, नैकाप मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ, किर्तिपुरसहितको छुट्टै राज्य रहेको थियो । यही सातगाउँ भित्रका आदिवासी नेवार समुदायमा मुख्य रुपमा मनाइने जात्रामा सातगाउँ भित्रका विभिन्न नेवार जाति मध्ये एक जातिलाई थकालीको रुपमा मानि जात्रा मानिने परम्परा रहिआएको छ ।

यसै सन्दर्भमा कीर्तिपुर नगरपालिका १६ वडा नगांको ‘धाल्चा खाकेगु जात्रा’को प्रचार प्रसारका निमित्त सोमवार नगांको बालकुमारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा ‘धाल्चा खाकेगु जात्रा’को बारेमा जात्रा व्यबस्थापन समिति र बुद्धिजीवीबाट परिचय तथा जानकारी दिएका थिए ।

बखु मदः अष्टमी जात्रामा प्रमुख रुपमा अष्टमातृका देवगणको खटजात्रा गरी मनाइने यो जात्रामा अन्य विविध जात्राका रीतिथीतिहरु रहेका छन् । भनिन्छ अहिले पनि यस भेगका मानिसहरु सो होम गरेको मण्डपबाट खरानी चोरेर लगेपछि मात्र बखु मदः जात्रा वा न्हेय्गां जात्रा र अहिलेको चलनचल्ती खस भाषामा सात गाउँले जात्रा गरिन्छ ।

झन्डै काठमान्डू बाट ६ किमि दक्षिणमा अवस्थित् एेतिहासिक सहर कीर्तिपुरको दक्षिणतर्फ अवस्थित नगाउँ, स्थानीय भाषामा नगांको नाउले परिचित छ । २५० घरधुरी भएको यो गाउँ तुलनात्मक रुपमा सानो भए पनि सांस्कृतिक रुपमा विशेष महत्व रहेको एक मध्यकालीन बस्तीको रुपमा परिचित छ ।

Loading...