राजधानीमा लास जलाउन पनि सयौ प्रहरी परिचान गर्नुपर्ने बाध्यता

काठमाडाैं, २३ मंसिर ।धेरै नेपालीकाे सपना काठमाडाैमा एउटा घर बनाउने हुन्छ । काठमाडाैं घर हुनुलार्इ धेरैले प्रगतिकाे संकेतका रुपमा लिन्छन । तर, काठमाडाैंका पीडा के छन धेरैले अनुमान पनि गर्न सक्दैनन । पछिल्लाे समय भएकाे जनसंख्याबृद्धि, सार्वजनिक स्थलहरु मिचिने क्रम बढेका कारण जन्म, विवाह तथा मृत्यु संस्कार जस्ता कार्यमा समेत ठूलाे समस्या अाउन थालेका छन् । मानिसहरुले जथाभावी वस्तीहरु विस्तार गरेका कारण जन्म, विवाह तथा मृत्यु संस्कार गर्ने सार्वजनिक स्थलहरु पूरै मिचेका कारण बेलाबेलामा ठूलाे समस्या अाउने गरेका छन्। काठमाडाैं उपत्यकाभित्र जन्म, विवाह संस्कारका बेला ठूलाे बाजा बजाएकाेदेखि, हाेहल्ला गरेकाे भन्ने उजुरीहरु नेपाल प्रहरीमा धेरै पर्ने गरेका छन् ।

यसैबीच अाइतबार चावहिलमा यस्तै दृष्य देखियाे । काठमाडाै महानगरपालिका वार्ड नं‍ ७ का पुराना बासिन्दाहरुकाे परापूर्वकालदेखि नै प्रयाेग हुँदै अाएकाे चिहान प्रयाेग गर्न नदिइएपछि ठूलाे झडपकै स्थिति बन्याे । साे ठाउँमा ठूलाे मात्रामा प्रहरी परिचालन गरेर मात्र शवकाे दाहसंस्कार गरियाे । यसरी परापूर्वकालदेखि नै प्रयाेग हुँदै अाएकाे अाफ्नाे चिहान प्रयाेग गर्न नपाउँदा साे वडाका वासिन्दाले प्रहरीसँग गुहार्नु पर्याे । त्याे पनि थाेरै प्रहरीले पुगेन । ठूलाे मात्रामा प्रहरी परिचालन गरेर झडप गर्दै मृतककाे दाहसंस्कार गरियाे ।

अाइतबार काठमाडौँ महानगरपालिका वडा न ७ पिंगस्थान निवासी ४९ बर्षिय भिम माया डंगोलको मृत्यु भएको थियो । उनका अाफन्तले पुर्खादेखि गर्दै अाएकाे चिहानमा दाहसंस्कार गर्नका लागि शव लगे । तर, चिहान नजिकै वरिपरि घर बनाएकाहरुले भने पहिलेजस्तै ठूलाे अवराेध पुर्याए । कुनै हालतमा पनि त्यस क्षेत्रमा दाहसंस्कार गर्न नदिने भन्दै उनीहरुले चेतावनी नै दिए । जसले गर्दा त्यस क्षेत्रका पुराना वासिन्दाहरुले प्रहरीसँग गुहार माग्नुपर्याे । प्रहरीकाे ठूलाे डप्फा परिचालन गरेर विराेध गर्नेहरुलार्इ हटाएपछि मात्र डंगाेलकाे दाहसंस्कार गरियाे ।

पिंगस्थानमा परापूर्व कालदेखि शक्ति पिठ मन्दिर र त्यससँगै विभिन्न स्थानमा ७ वटा लास जलाउने चिहान छन । त्यहाँका पुराना वासिन्दाले अन्तिम सस्कार गर्दै अाएकाे गुठीका सदस्यहरु बताउँछन् ।

वडा नम्बर ७ का अध्यक्ष शुद्द डंगोलले पुराना र नयाँ वासिन्दाकाे कुरा पनि मिलाउनुपर्ने भएकाेले केही समस्या अाएकाे बताए । उनले परम्परादेखि चल्दै अाएकाे संस्कार गर्न नपाउनु स्थानीय वासिन्दाका लागि अन्याय हुने बताए । उनले त्यस्ता क्षेत्रकाे राज्यले संरक्षण गर्नुपर्ने बताए ।

उता नयाँ वस्ती बसेकाहरुले भने घर नजिकै लास जलाउने गरिएका कारण अाफूहरुलार्इ समस्या उत्पन्न भएकाे भन्दै त्यहाँकाे चिहान सार्नुपर्ने बताउँदै अाएका छन् । उनीहरुले घरअाँगनकै अगाडि लास जलाउन लाग्दा त्यसकाे असर अाफूहरुलार्इ परेकाेले दवाव दिएकाे बताउँछन् । तर साे वडाका अध्यक्ष डंगाेल भने त्यस क्षेत्रमा बनेका घरहरु सबै पछि बनाइएका र पहिलेदेखि नै त्यहाँ चिहान रहेकाे बताउँछन् ।

यस्तै समस्या ११ महिना अगाडि पनि अाएकाे थियाे । त्यतिबेला साेही वडाकी ९८ बर्षिय कान्छी शाक्यकाे शव जलाउन खाेज्दा स्थानीयले कडा अवराेध गरेका थिए । लास जलाउन खोज्दा ठूलाे झगडा भएकाे थियाे । पछि यसैगरी ठूलो मात्रामा प्रहरी परिचालन गरी अन्तिम संस्कार गरेका थिए ।

एेतिहासिक चारुमती बिहारमा रहेको अस्तमातृकालाई प्रत्येक १२ मा आभूषण वस्त्र परिवर्तन गरिदा पनि तान्त्रिक बिधिबाट सोहि चिहानमा पुजा गर्नु पर्ने प्रचलन रहेको जानकारहरु बताउदै आएका छन् ।

Loading...