कहिल्यै नगर्नुस यस्तो गल्ती जसले अनुहारको सौन्दर्य बिगार्छ

मेकअप गर्नु सबैलाई राम्रो लाग्छ । तर, त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरी पनि हुन सकछ ।

गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने तथा चमक पनि हराएर जाने सम्भावना बढ्छ ।

कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेट प्रोडक्ट प्रयोग भईरहेको छ भनेर हामी ढुक्क हुन्छौं ।

तर, त्यसको प्रयोेग सही तरिकाले हुन नसक्दा लत असर परिरहेको हुन्छ ।

त्यसैले ब्युटि प्रोडक्ट प्रयोग गर्नेले आफ्नो केही बानीमा भने सुधार गर्नुपर्ने हुन्छ ।

मेकअप गरेको अनुहार सुत्ने बेलामा पखाल्ने :

मेकअप गरेको अनुहार सुत्ने बेलामा पखाल्न भुल्नु हुँदैन ।

दिनभरको जस्तोसुकै व्यवस्था या थकान भए पनि मेकअप सफा नगरी सुत्दा मुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।

डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग नगर्ने :

हरेक प्रकारको एक्सपायर ब्युटि प्रोडक्ट गर्ने निश्चित समायावधि हुन्छ ।

सोही समितिभित्र सो प्रोडक्ट प्रयोग गरिसक्नुपर्छ ।

अन्यता, त्यसले खराब परिणाम निम्त्याउँछ ।

मेकअप ब्रसको नियमित सरसफाई गर्ने :

दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाई गर्नुपर्छ । तपाईले यो भुल्नु हुँदैन कि मेकअप ब्रस मकेअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ ।

आफ्नो अनुहार छोईरहनु हुन्न :

अधिकाशं महिलाले गर्ने अर्को गल्ति भनेको जानेर वा नजानेर पनि आफ्नो अनुहार छोईरहने हो ।

हरेक समय अनुहारमा हातले छोईरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ ।

Loading...