मेसीको दुर्इ गोलसँगै ला लिगामा बार्सिलोनाको ४–० को महत्वपूर्ण जित

काठमाडाैं । स्पेनिस ला लिगामा बार्सिलाेनाले अर्काे जित हात पार्दै अाफ्नाे शीर्ष स्थानलार्इ कायम राखेकाे छ । शनिवार राती भएकाे खेलमा बार्सिलाेनाले इस्पानियाेललार्इ ४–० पराजित गरेकाे हाे ।

फराकिलाे जित निकाल्ने क्रममा बार्सिलाेनाका लागि कप्तान लियोनल मेस्सी दुर्इ गाेल गरे । त्यसैगरी उसमान डेम्बेले र लुइस स्वारेजले एक एक गोल गरे । १७ औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । २६ औँ मिनेटमा डेम्बेले तथा ४५ औँ मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–० को अग्रता लियो ।

६५ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको ४–० को जित निश्चित गरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ ।

दोस्रो स्थानमा रहेको सेभिल्लाले बार्सिलोनालाई पछि पार्ने मौका गुमायो । राति नै भएको खेलमा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको सेभिल्ला २८ अंकसहित दोस्रो स्थानमा छ ।

राति नै भएको खेलमा एलाभेसलाई ३–० ले हराएको एथ्लेटिको मड्रिडको पनि २८ अंक नै छ, तर गोल अन्तरका आधारमा उ तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा सेल्टा डी भिगोले भिल्लारियललाई ३–२ ले हरायो ।

Loading...