मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार बर्खास्त

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरी यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

विश्वविद्यालय सिनेटको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। विश्वविद्यालयले मल्ललाई बर्खास्त गर्नुको कारण भने खुलाएको छैन। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत कार्की काजमा शिक्षाशास्त्र संकायमा डिन थिए।

दैलेखको चुप्रामा जन्मिएका कार्की नेकपा निकट हुन्। तत्कालीन एमालेमा आबद्ध उनी बीचमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए। उनी विद्यावारिधिका लागि अनुसन्धान गरिरहेका छन् । यसअघिका रजिष्ट्रार मल्ल नेपाली कांग्रेस निकट हुन्।

Loading...