नेपाल बायुसेवा निगमले ल्यायो अत्याधुनिक र्याम्प बस सेवा

 

श्रावण ९ , काठमाडौँ राष्ट्रिय ध्जाबाहक नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ्ग सेवालाई स्तरीय बनाउनुका साथै यात्रुहरुलाई सुविधा दिने उद्देश्यले थप २ वटा  ¥याम्प बसबाट सेवा प्रारम्भ गरेको छ ।

गएको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले ¥याम्प बस सेवाको उद्घाटन गर्नुभयो ।

महाप्रवन्धक सुगत रत्न कंसाकारले ग्राउण्ड ह्याण्डलिङ्ग सेवामा थप सुधार गर्न आधुनिक प्रविधीको प्रयोग गर्दै जाने जानकारी गराउनु  भएको छ । ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट विमानसम्म र विमानबाट निर्गमन कक्षसम्म यात्रुहरुलाई आवागमन गर्नमा यी बसहरु प्रयोग गरिनेछन । बसहरु आधुनिक सुविधासम्पन्न छन् र एकपल्टमा ११० जना यात्रुलाई सेवा दिन सकिने छ । जर्मनीको कोवस बेस्वाडेन कम्पनीको उत्पादन ती बसहरु माटर ट्रेडिङ्ग कम्पनी काठमाडौं मार्फत निगमले प्राप्त गरेको हो ।

ग्राउण्ड ह्याण्डलिङ्ग सेवा निगमले राम्रो रुपमा संचालन गरेको कुरालाई कदर गर्दै आइकाओले “आइसागो” प्रमाणपत्र प्रदान गरेको छ भने यी बसहरु संचालनमा ल्याएपछि अझ स्तरीय सेवा दिन सकिने निगमले बताएको छ ।

Loading...