आइन्सटाइनको हस्तलिखित पत्र अमेरिकामा लिलाम गरिँदै

चर्चित एवं महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको हस्तलिखित पत्र मंगलवार अमेरिकाको न्युयोर्कमा लिलाम हुने कार्यक्रम रहेको छ । सो पत्रमा उनले धर्मको विचार विरुद्ध आफ्ना भनाईहरु पेश गरेका छन् । सन् १९५४ मा लेखिएको ‘ गड लेटर ’ भनिएको सो पत्रको बिक्रिबाट १५ लाख अमेरिकी डलर प्राप्त हुनसक्ने अनुमान गरिएको छ ।

त्यतिवेला ७४ वर्षिय नोवेल पुरुस्कार विजयी आइन्स्टाइनले जर्मन दाशनिक एरिक गुटकिन्डको एउटा कृतिको प्रतिक्रिया दिँदै उक्त डेढ पृष्ठ लामो पत्र लेखेका थिए । यसलाई विज्ञान र धर्मबिचको बहशको प्रमुख दस्तावेजको रुपमा लिइने गरिएको छ ।

लिलाम गृहले एक विज्ञप्ति जारी गर्दै भनेको छ , ‘ आइन्स्टाइनले आफ्नो मृत्युको एक वर्ष अघि लेखेको यस खुल्ला पत्रले उनको धार्मिक र दार्शनिक दृष्टिकोणको अभिव्यक्तिलाई स्पष्ट पारेको छ । आइन्स्टाइनले आफ्नो मातृभुमि जर्मनीको जर्मन भाषामै लेखेको यस पत्रमा भगवान प्रतिको आस्था र विश्वासका बुँदाहरु उल्लेख गरिएको छ ।

आइन्स्टाइनले पत्रमा लेखेका छन् , ‘ मेरो लागि भगवान भन्ने शब्द केहि पनि होइन । यो अरु केहि नभई मानव कमजोरीको उपज मात्र हो । वाइवल सम्मानित कुराहरुको संग्रह भएपनि यो अझै पनि प्राचिन किंवदन्ती मात्र हो । जतिसुकै कारुणिक र कोमल किन नहोस कुनै पनि व्याख्याले मेरो सोचाईलाई परिवर्तन गर्न सक्तैनन् । ’

महान भौतिकशास्त्री आइन्स्टाइनले आफु यहुदी भएकोमा पनि गौरान्वित महशुस भएके विचार व्यक्त गरेका छन् । उनको पत्र यसरी लिलाममा राखिएको यो पहिलो घटना भने होइन ।

गत वर्ष आफुलाई भेट्न नचाहने रसायनशास्त्रका एकजना बिद्यार्थीलाई सम्वोधन गर्दै आइन्स्टाइनले लेखेको पत्र ६ हजार १ सय अमेरिकी डलरमा लिलाम भएको थियो ।

यसैगरी उनको सापेक्षवाद सिद्धान्तको तेश्रो चरणमाथिको विचार उल्लेखित सन् १९२८ मा लेखिएको एउटा लेख १ लाख ३ हजार डलरमा लिलाम भएके थियो । त्यसैगरी सन् २०१७ मै सुखद जीवन बिताउने सल्लाह सहितको उनको अर्को लेख जेरुसेलममा १५ लाख ६० हजार डलरमा बिक्रि भएको थियो ।

Loading...