सार्क मुलुकका शिक्षावीदहरु काव्य स्कूलमा

काठमाडौं, १९ मङ्सिर । दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै शिक्षावीद्हरु मंगलबार काव्य स्कूलमा पुगेका हुन् ।

उक्त टाेलीमा भुटान सरकारका पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल मोहम्मदका साथै भारत, बंगलादेश र श्रीलंकाका अधिकारीहरु र शिक्षावीद्हरु सो टोलीमा सहभागी रहेको काव्य स्कूलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले जानकारी दिए ।

दक्षिण एशियाली मुलुकका नीजि तथा सामुदायीक विद्यालयको शिक्षण विधि, शैक्षिक आयाम, कमीकमजोरी र अध्ययन अध्यापनका क्रममा भोग्नुपरेका समस्या र चुनौतीका बारेमा अध्ययनका लागि उक्त टाेली नेपाल आएको हाे ।

प्रिन्सिपल बास्कोटाले टोलीलाई स्वागत गर्दै विद्यालयले अपनाएको शिक्षण विधि, अतिरिक्त कृयाकलाप, विभिन्न सामाजिक कार्यमा विद्यार्थी र विद्यालयको सहभागिताका साथै विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको ख्यातीका बारेमा जानकारी गराएका थिए ।

साे क्रममा प्रिन्सिपल बास्काेटाले काब्य स्कूलले वालअधिकारको संरक्षणमा ध्यान दिएर वालवालिकाको पढ्न र खेल्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यार्थीहरुलाई गृहकार्य दिने नगरेको जानकारी दिएका थिए । त्यसैगरी उनले सबै विद्यार्थीलाई सक्षम र हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका ग्रहणकर्ता (लीडर) बनाउनु काव्य स्कूलको उद्धेश्य रहेको जानकारी गराएका थिए ।

काब्य स्कूलले अाफ्नाे सामाजिक दायित्व अन्तर्गत अन्य सामुदायिक विद्यालयलाई समेत शैक्षिक सहयोग गर्दै अाएकाे उनले जानकारी गराएका थिए ।

Loading...