दाङमा गार्इ गोरुका तस्कर बढे, स्थानीयले तस्करका ६ वटा मोटरसाइल जलाइदिए

दाङ । दाङमा पछिल्लाे समय गार्इ र गाेरुका तस्कर अत्यधिक बढेका छन् । यसैक्रममा दाङकाे भैसहवामा स्थानीयले गाेरु तस्करका माेटरसाइकल जलाइदिएका छन् ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा ती माेटरसाइकल जलाइएका हुन् । गाेरु तस्करीमा प्रयाेग गरिएका ६ वटा मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन ।

गाउँमा अपरिचित व्यक्तिहरु पसेपछि विवाद बढेको र उनीहरु चढेको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीयले दिएको जानकारी अनुसार गोरु तस्करी भैरहेको बेला गाउँलेहरुले रोक्न खोजेपछि विवाद बढेको हो ।

प्रहरीले गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...