अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच. डब्लु. बुसको निधन

काठमाडाैं । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच. डब्लु बुसको निधन भएकाे छ ।

अमेरिकाको ४१ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा तथा पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई उद्धृत गर्दै द वासिङ्गटन पोस्टले जनाएको छ ।

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका थिए ।

तत्कालीन सोभियत युनियन र अमेरिकाबिचको शित युद्ध अन्त्य गर्नका लागि उनको भूमिका महत्वपूर्ण छ । उनका छोरा जर्ज डब्लु बुस अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए ।

Loading...