नेपालकी श्रृङ्खला सिङ्गापुरकी सुन्दरीसँग पराजित

काठमाडौँ, १६ मंसिर । मिस वर्ल्डकाे प्रतिस्पर्धामा रहेकी नेपालकी श्रृङ्खला खतिवडा पराजित भएकी छन ।

चीनको सान्यामा मिस वर्ल्र्ड २०१८ को अन्तिम चरणको प्रतिस्पर्धा भइरहेको छ । प्रतियाेगितामा नेपालकाे प्रतिनिधित्व गर्दै नेपालकी शृङ्खला खतिवडाले भाग लिएकी छन । मिस वर्ल्डकाे हेडड टु हेड च्यालेन्जकाे दाेस्राे चरणमा श्रृङ्खला पराजित भएकी हुन् । पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी हुन् । याे चरणमा दुबै प्रतिस्पर्धीले अाअाफ्नाे प्राेजेक्टका बारेमा प्रस्तुति दिएका थिए ।

मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी छन् । शृङ्खलाका लागि अन्तिम ३० मा पर्ने बाटो भने सकिएको छैन । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन् ।

Loading...