मलेसियामा नेपाली युवालार्इ यसरी कुटीकुटी हत्या प्रयास भएपछि यो भिडियो विश्वभर भार्इरल

काठमाडौं । मंसिर १२- केहि दिन अगाडी सामाजिक संजालमा एउटा यस्तो भिडियो आयो, जुन हेरेपछि विश्वको कुना-कुनामा रहेका नेपाली मानिसहरुको आँखा रसायो । घटना यहि असोज ३ गते (नोबेम्बर १९) साँझको हो ।

बिगत ५ वर्ष देखि मलेसियाको सेरेबान भन्ने ठाउँको कवालन केसेलामतन सेन्ट्रल सेक्युरिटी कम्पनिमा काम गर्दै आएका तेर्हथुम जिल्ला, आठराई गाउपालिका-५ निवासी कुल प्रसाद बर्देवा नाईट डिउटीमा निस्कन तयार हुदैँथिए । ठिक त्यहि समयमा एक्कासी केहि मानिसको हुलले उनलाई घेर्यो र अन्धाधुन्द हान्न थाल्यो ।

विदेशको ठाउँमा उनले त्यत्रो मान्छेको अगाडी के नै गर्न सक्थे र ? नि शब्द एकोहोरो कुटाई खाई रहे, प्रतिकार गर्न सक्ने सम्भाबना थिएन, त्यो मानिसको हुलले उनलाई अघाउन्जेला कुट्यो । घटनाका प्रत्यक्षदर्शी एक नेपाली भन्छन्- ‘मर्यो भनेर उनलाई त्यहि छोडेर त्यो मानिसको हुल हिड्यो, अनि मैले तुरुन्तै कम्पनीको मालिक र प्रहरीलाई खबर गरे, केहि समयपछि प्रहरी आईपुग्यो र उसलाई नजिकको क्लिनिकमा लग्यो”

बिडम्बना, उनि त्यहाँ अबैधानिक रुपमा काम गरीरहेका कारण क्लिनिकले बिरामीलाई सहजै उपचारका लागि भर्ना लिनसक्ने अवस्था थिएन । क्लिनिकले भर्ना लिन नमानेपछि उनलाई क्लिनिक अगाडी कुर्सीमा बसाईन्छ जँहा उनी अत्याधिक कुटाईका कारण रगत बान्तारहेका हुन्छन् । यतिबेला बर्देवाले रगत घाइते अवस्थामा रगत बान्ता गरिरहेको भिडियो भाइरल बनेको छ ।

उनको माथिल्लो शरीरमा लुगा छैन, खुट्टामा एउटा जुत्ता पनि छैन भने देब्रे हात भाँचिएको छ, उनको हातलाई एउटा कपडाको टालोले
बाधिएको छ । पछि कम्पनीलाई खबर भएपछि कम्पनी मालिकाले उनलाई अस्पताल लगेर उपचार सुरु भयो, तर बर्देवालाई अस्पतालमा छोडेर कम्पनीका मालिक हिडे र त्यसपछि फर्केर गएनन् ।

भिडियो बाहिरिएपछि मलेसियामा नै काम गर्ने नेपालिहरुले घटना घटेको ६ दिनपछि उनको पहिचान गरे र अस्पताल पुगे । पाचथरका देबेन्द्र प्रसाई अस्पताल पुग्दा कुल प्रसाद बर्देवा अर्धचेत अवस्थामा एक्लै बेडमा ढलीरहेका थिए । बुझ्दा उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको
रहेछ तर उनको न होस थियो न साथमा पैसा, यो बेलासम्ममा उनको उपचारको बिल ४७ सय मलेसियन पुगिसकेको थियो ।

प्रसाईले मलेसियामा नै काम गरिरहेका नेपालीहरुलाई तुरुन्तै खबर गरे र केहि पैसा संकलन गरेर उनलाई अस्पतालबाट निकाल्ने
अठोट गरे र अस्पतालबाट फर्किए । भोलिपल्ट दिनभरी पैसा संकलन गरेर प्रसाई र उनका केहि सहयोगीहरु सहित ४७ सय मलेसियनसहित उनलाई उद्दार गर्न अस्पताल पुगे, अस्पतालको पैसा तिरे र उनलाई आफ्नो साथमा लिएर पनि आए ।

अहिले उनलाई नेपाल पठाउन आवश्यक पैसा नभएको कारण प्रसाईले आफ्नै साथमा राखेका छन । तर बिरामीको अवस्था झन् नाजुक बन्दै गएको छ । बर्देवा अर्धचेत अवस्थामा छन् । उनलाई उद्दार गर्नका लागि मलेसियामा रहेका नेपालीहरुले सहयोग संग्कलन गरिरहेका छन र सबैमा सहयोगको अपिल गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो

Loading...