रजनिकान्तको बहुप्रतिक्षित चलचित्र २.० आज १० हजार स्क्रिनमा

काठमाडाैं । रजनीकान्त तथा अक्षय कुमारसहितका कलाकारको अभियन रहेको चलचित्र २.० बिहीबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । यो चलचित्र तमिल, तेलुगू, हिन्दीसहित अरु धेरै भाषामा प्रदर्शनमा आउँदैछ ।

विश्वभरका १० हजार भन्दा स्क्रिनमा यो चलचित्र प्रदर्शनमा आउने बताइएको छ । चर्चा शिखरमा पुगेको यो चलचित्र भारतको सबैभन्दा हिट चलचित्र साबित हुने आँकलन पनि गरिएको छ ।

रजनीकान्तका प्रशंसक तमिलनाडु र दक्षिण भारतमा मात्रै सीमित छैनन्, उत्तर भारतसहित जापान, अमेरिकासम्म उनका फ्यान छन् ।

३० वर्षदेखि तमिल चलचित्र उद्योगका ठूला स्टार रहेका रजनीकान्त उत्तर भारतमा पनि आफ्ना प्रशंसक तथा चलचित्रको कमाईबाट सबैलाई अचम्मित पार्ने गरेका छन् । उनका चलचित्रले भिन्न उमेर समूहका व्यक्तिलाई जोड्ने पुल बन्ने गरेको छ ।

उनका चलचित्रले प्रायः राम्रो कमाई गर्ने गरेका छन्, तर तमिलनाडुमा २.० प्रदर्शनमा आउनु पूर्व टिकटको बुकिङ्ग अपेक्षा अनुरुप देखिएको छैन ।

Loading...