छक्का पञ्जा ३ ले ५१ औ दिन पूरा गरी पायो अपार सफलता

काठमाडाै‍, १३ मंसिर । दीपक-दीपाको सिनेमा ‘छक्का पञ्जा ३’ ले पनि सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। २४ असोज घटस्थापनादेखि प्रदर्शनमा आएको सिनेमाले उपत्यका र उपत्यका बाहिरका गरी १३ वटा हलमा लगातार प्रदर्शन हँुदै ५१ औँ दिन पार गरेको हो।

सिनेमाले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो।

त्यस्तै मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको छ।

यस अघि छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए। डिजिटल प्रविधि आएर लगातार तीन सिरिजले नै ५१ औँ दिन पार गर्ने सिनेमामा छक्का पञ्जा सिरिज नै पर्छ। यसको तीन वटै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

सिनेमाले ५१ औँ दिन पार गरेको खुशियालीमा छक्का पञ्जा ३ टिमले आइतबार विशेष कार्यक्रमको आयोजना गर्ने पनि जनाइएको छ। सिनेमाले अहिलेसम्म १९ करोड ग्रस कलेक्सन गरेको बताइएको छ।

Loading...