प्रहरी जवानको टिभी हाकिमले यसरी चोरे

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ ईन्चको एलसिडी टिभी चोरिएको आरोप लगाइएको छ । 

उता दुबईमा सुन तस्करसँग भेटेको आरोप लागेका आईजीपी सर्वेन्द्र खनालले मुख खोलेका छन् । इन्टरपोलको महासभा भाग लिन दुबई जाँदा आफूले कुनै पनि विवादास्पद व्यक्तिलाई नभेटेको प्रष्ट पारेका हुन् ।

आईजीपी खनालले आफू उक्त कार्यक्रममा १ घण्टा बिताएको र हुँदै नभएको विषयलाई प्रचार गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

‘मैले कुनै विवादास्पद व्यक्तिसाग भेटेको छैन् । र त्यहाँ फोटो फोटोसमेत नखिचुन् भनेर पहिले नै सचेत गराएको थिएँ । हुँदै नभएको कुरालाई विवादमा ल्याउँदा दुःख लाग्यो ।’

‘मैले त्यहाँका नेपालीलाई मातृभूमिको शिर झुक्ने काम नगर्नु भनेर सम्झाएँ’, खनालले भने, ‘तर मैले त्यहाँ सुन तस्करीमा जोडिएका कसैलाई भेटेको छैन र मैले चिनेको पनि थिइनँ । एक घण्टा बसेर म कार्यक्रमबाट निस्किएँ, अब त्यहाँ को आए, को गए मेरो सरोकारको विषय पनि होइन ।’

खनालले नकारात्मक कुरामा खेदो खनेको भन्दै वास्तविकता आफैंलाई आएर सोध्न पत्रकारहरुलाई चुनौती दिएका छन् ।

‘नेपाल प्रहरीले अन्तर्राष्ट्रिय सम्मान पाएको कुरा नलेख्ने, हामीले अन्तर्राष्ट्रिय फोरमका गरेको बलियो उपस्थितिबारे मौन हुने तर नकारात्मक कुरामा खेदो खन्ने ?’, खनालले भने, ‘हुँदै नभएको कुरामा विवादमा ल्याउनु भन्दा अगाडि मलाई सीधै आएर सोधे हुन्छ, म जवाफ दिन सदैव तयार छु ।’

३३ किलो सुन तस्करीमा अनुसन्धान भइरहेको अवस्थामा भागेका धादिङका ठाकुरप्रसाद ढूंगानाको मुद्दा उच्च अदालतमा विराटनगरमा विचाराधिन रहेको छ । हाल उनी दुबईमा लुकिछिपी बस्दै आएका छन् ।

युनाईटेड अरब इमिरेटस (युएई) को दुबईमा आयोजित एउटा कार्यक्रममा सुन तस्कर ढुंगाना, प्रहरी महानिरीक्षक खनाल, नायब महानिरीक्षक निरजबहादुर शाही, एसएसपी देउती गुरुङ र एसपी उमेशराज जोशी एउटै मञ्चमा देखिएका थिए ।

Loading...