विदेश भ्रमणबाट महानगरलाई आर्थिक भार भएको छैन – चिरिबाबू महर्जन मेयर ललितपुर महानगर पालिका

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जनतालाई दिएको आश्वासनहरु पुरा गर्ने अभियानमा आफु क्रियाशील रहेको बताउनु भएको छ । संचारमाध्यमहरुले विदेश भ्रमण बारे दिएको चासो प्रति आफु अत्यन्त खुसि रहेको बताउदै एउटा जनप्रतिनिधिको हैसियतमा महानगरको सफलता र प्रगतिमा संचार मध्यमहरुले आफुलाई उत्प्रेरित गराएको बताउनु भयो । 

आइतबार पत्रकाहरु संगको कुराकानीमा मेयर महर्जनले हालसम्म नौ पटकको विदेश भ्रमणमा महानगर लाई कुनै किसिमको आर्थिक भार नपरेको  र आयोजक राष्ट्र ,संस्था आफैले सम्पूर्ण खर्च ब्यहोरेको स्पस्ट पार्नुभयो । 

महानगरलाई ब्यबस्थित सहरको रुपमा बिकाश गर्दैजाने योजना अनुरुप मेयर पदमा निर्बाचित भएपछी पहिलो पटक आपतकालीन उद्दार तथा राहत सम्बन्धि सेमिनारमा भाग लिन जापान भ्रमण गएको बताउदै येसैको प्रभावबात विश्वो बैंकले अत्याधुनिक दमकल र उद्दारको सामग्री दिनका लागि पहल भएको बताउनु भयो ।

यसै गरि म्यानमार को दोश्रो भ्रमणले महानगरको विकासका लागि स्मार्ट सिटि र फ्लाई ओभर निर्माण गर्ने बिषयमा ललितपुरको पर्तिनिधित्वो गर्दै कार्यपत्र गर्न पाएको बताउनु भयो । जसबाट फलस्वरूप १०० औ मुलुकमा सम्बन्ध बिस्तार भएको सुनाउनु भयो । 

महानगरलाई आर्थिकभार पर्नसक्ने अजरबैजान ,जापान ,इन्लयाण्ड ,वेलायत ,क्यानाडा ,अमेरिका लगाएत २५/२६ वटा देशको भ्रमण रध्द गराएको बताउनु भयो । महानगरले नागरिकको चासो र विकास निर्माणमा किर्याशील रहदै आझ यस्लाई प्रभावकारी बनाउनका लागि निम्न कामहरु गर्दै आएको छ ।

१ – जेष्ठ नागरिक सममान स्वरूप मेयरले खर्च गर्न पाउने बजेट शिर्षकबात ७६ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाइ दसैँ भत्ता पाच हजार प्रदानको ब्यबस्था 

२- महानगरलाई बिश्वोको ३५ सौ हस्तकला नगरी घोषणा गरौँ सफल 

३- भुकम्प बात क्षेतीभएको सम्पदा पुननिर्माण कार्यमा व्यापक सफलता 

४- महानगरको पहलमा अमुर्त सम्पदालाइ पुनर्जागरण गर्न सफल 

५- खेकुद क्षेत्र एन्फामा दर्ता भएका ललितपुर जिल्लास्थित ए, बि सी डिविजनका फुटबल क्लबहरुलाई महानगरले सर्वाधिक राशिको आर्थिक सहयोग उपलव्ध 

६- सस्कृतिविध तथा सताव्धि पुरुष सत्यमोहन जोशी लै आजीवन सवारी ,सुरक्षा तथा संचार सुविधा उपलव्ध 

७ – महानगर भित्र बिभिन् स्थानमा ट्राफिक व्यबस्थापन गर्ने योजना अनुशार ट्राफिक लाइट जडानको कार्य सुरुवात 

८- महानगर भित्र स्मार्ट सिटि लाइट जडान गर्न सन्दर्भमा नेपाल बिधुत प्राधिकरण संग सहकारी गरि बत्ति जडान गर्ने टेन्डर प्रकाशित रहेको छ ।  

Loading...