व्यापार घाटाले आकाश नाघ्यो, २३ अर्ब निर्यात ३७३ अर्ब आयात

काठमाडौं, १० मंसिर । आर्थिक आर्थिक वर्षको तीन महिनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ ११ दशमलव २ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, ऊनी गलैंचा, पश्मिना, दन्तमञ्जन लगायतका वस्तुको निर्यात बढेको छ भने अलंैची, रोजिन, छाला, जीआई पाइप, अल्मुनियमलगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ४३ दशमलव ६ प्रतिशतले बढेर ३७३ अर्ब ५९ करोड रुपिया“ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४० दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात ४५ दशमलव ९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५० दशमलव ५ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कन्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएकोछ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले विस्तार भई ३४९ अर्ब ८४ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ९ प्रतिशत रहेको थियो।

Loading...