विक्रमासिङ्घेलार्इ कुनै हालतमा पनि सिरसेनाले फेरि राष्ट्रपतिमा नियुक्त नगर्ने

काठमाडाैं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रणिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा पुनः नियुक्त नगर्ने बताएका छन्। श्रीलंकामा एक महिनाभन्दा लामो समयदेखि राजनीतिक संकट चलिरहेको छ।

श्रीलंकाली संसद्मा विक्रमासिंघेको पार्टीको बहुमत छ। राष्ट्रपति सिरिसेनाले उनलाई बर्खास्त गरेर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाएका थिए।

संसद्मा बहुमत नपुगेपछि राजपाक्षेको सरकार भंग गरिएको थियो। हाल श्रीलंकामा सरकारविहीन अवस्था छ। विदेशी सञ्चारकर्मीसँगको कुराकानीमा सिरिसेना निकै भावुक बनेका थिए।

उनले मुलुकमा ठूलो भ्रष्टाचार भएपछि आफू चुप लागेर बस्न नसकेको बताए। उनले विक्रमासिंघे अत्यधिक भ्रष्ट भएको पनि आरोप लगाए।

राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई २६ अक्टोबरमा बर्खास्त गरेका थिए। विक्रमासिंघेको दल युनाइटेड नेशनल पार्टीको बहुमत संसद्मा भए पनि उनलाई कुनै पनि हालतमा पुनःनियुक्त नगर्ने सिरिसेनाले स्पष्ट पारे। उनको दलले दबाब दिए पनि यसमा सफलता नमिल्ने उनले बताए।

Loading...