डुङ्गा दुर्घटना हुँदा २२ को मृत्यु, ६० जना बेपत्ता

काठमाडाै । युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । युगाण्डाको राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा शनिबार दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले बताए।

डुङ्गा दुर्घटनामा बाँच्न सफल एक यात्रुले दिएको जानकारी अनुसार डुङ्गामा झण्डै ९० जना यात्रु रहेका थिए । डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरे पनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताएका छन् ।

Loading...