झ्याल सफा गर्ने ड्राेन

काठमाडाै । भवनका झ्याल सफा गर्ने ड्रोनले उडान भरेको छ । अग्ला–अग्ला भवनका झ्याल सफा गर्न र आगो निभाउन प्रयोग गरिने ड्रोनको विकास लातिभामा गरिँदैछ ।

एयरोन्स ड्रोनको वजन ५५ किलो रहेको छ । यो विशाल ड्रोनको बारेमा कम्पनीले जनाएअनुसार यसले मानिसको भन्दा २० गुना बढी तीव्र गतिले काम गर्छ । यो अग्नि नियन्त्रक मानिसहरू भन्दा अग्लो ठाउँमा गएर आगो निभाउन सक्छ ।

यो ड्रोन उडाउन मानिस चाहिँदैन । ५ जीको मोबाइलमा जोडिएको ड्रोनले अग्ला अग्ला भवनका झ्याल सफा गर्न सक्ने र अग्ला ठाउँको आगो निभाउन सक्ने कम्पनीले विश्वास दिलाएको छ । एयरोन्स कम्पनीका अनुसार यसलाई सञ्चालन गर्ने व्यक्ति तल बसेर काम गर्न सक्छ ।

यसका लागि हाइ डिफिनिसन भएको भिडियो सुविधा भएको स्क्रिन आवश्यक हुनेछ ।

Loading...